३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ नपरेको जनाएको छ ।
विभिन्न सञ्चारमाध्यममा प्रसाई पक्राउ परेको खबर सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति जारी गरी पक्राउ नपरेको जनाएको हो ।

प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘विभिन्न आपराधिक घटनामा संलग्न रहि फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन/प्रशारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

यता प्रसाईका समर्थकहरुले भने सामाजिक सञ्जालमार्फत् उनी भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

कतिपयले भने १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको बताएका छन् ।

त्यसो त नेपालमा हिंसा मच्चाएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । उनी उत्तरप्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो । तर उनलाई नियन्त्रण लिन सहज नभएपछि त्यो टोली भैरहवा ल्याएर राखिएको थियो । अर्को टोली भने दिल्ली पुगेर वातावरणको प्रतीक्षामा थियो । भारतको उत्तरपूर्व रहेको अर्को टोली भने आसाम वरिपरी पुगेका प्रसाईको नजिक पुग्ने वातावरण बनाएको थियो ।

प्रसाईंलाई उतै पक्राउ गरिएको विषयलाई खण्डन गरेको प्रहरीले उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने दाबी गरेको छ ।