२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी रु तीन करोड ८७ लाख ९४ हजार ७२४ बराबरको रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाका सम्बन्धमा विशेषले २०८० फागुन १० गते फैसला गरेको थियो । उक्त फैसला कानुनसम्मत नभएको दाबीसहित आयागले बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगले सोही फाइनान्स कम्पनीका लागि नागरिक लगानी कोषका सञ्चालक छविरमण अधिकारी, अध्यक्ष वसन्त मल्लका हकमा विशेषले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगले प्रतिवादीहरू मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मुद्दामा पनि विशेषले गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । बैंकिङ प्रक्रियाविपरीत गएर उनीहरूले रु ११ लाख ५४ हजार ७०८ बराबर कर्जा प्रवाह गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दामा २०८० फागुन १० गते विशेषले फैसला गरेको थियो ।

आयोगले सो ऋण प्रवाहका सम्बन्धमा विभिन्न १२ वटा मुद्दा दायर गरेको थियो । सबै मुद्दामा विशेषले गरेको फैसला कानुनसम्मत नभएको पाइएको भन्दै आयोगले बिहीबार सामूहिक रूपमा नै पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । रासस