२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगीत ३’को हिन्दी भर्सन विदेशी फिल्मसरह, १५ प्रतिशत विकास कर तिर्नुपर्ने



अ+ अ-

काठमाडौँ । चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ ।

चलचित्र विकास बोर्डबाट हिन्दीमा डबिङको अनुमति नलिइ डब गरेकाले फिल्मको हिन्दी भर्सनलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी बोर्डले सेन्सर अनुमति दिएको छ ।

बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र दिएका हुन् । योसँगै, फिल्मको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्नेछ । साथै, फिल्मका वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् ।

फिल्मको नेपाली भर्सनको भने सेन्सर भइसकेको छ । ‘प्रेमगीत ३’का निर्माताले हिन्दी भाषामा डब गर्नुअघि चलचित्र विकास बोर्डबाट पुनः स्वरांकनको अनुमति लिएका थिएनन् । जसकारण उक्त फिल्मलाई नेपाली फिल्म सरह सुविधा अर्थात् १५ प्रतिशत विकास शुल्क मिनाहा गर्न बोर्डले अस्वीकार गरेको थियो । यसै विवादलाई लिएर चलचित्रकर्मी दुई कित्तामा विभाजित समेत भएका छन् ।