२२ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परान’को व्यापार १६ करोड नाघ्यो



अ+ अ-

काठमाडौँ । दीपक आचार्यद्वारा निर्देशित फिल्म ‘परान’ले हालसम्म १६ करोड १६ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले जारी गरेको शनिबारसम्मको रिपोर्टअनुसार फिल्म रिलिजको एक महिनामा फिल्मले उक्त कलेक्शन गरेको हो । फिल्मको ५ लाख ६९ हजार ७ सय ५४ टिकट बिक्री भइसकेको छ ।

यस्तै, सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ले पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले शनिबारसम्म १२ करोड २३ लाख ५२ हजार ३ सय १५ रुपैयाँ कमाइ गरेको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड १९ लाख ३५ हजार ८ सय ५३ रुपैयाँ कमाइ गरेको छ भने टंक बुढाथोकी निर्देशित फिल्म ‘मनबिनाको धन’ले ३ करोड ७४ लाख ९१ हजार ४ सय ६१ रुपैयाँ कमाइ गरेको छ ।