१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परान’को व्यापार १६ करोड नाघ्यो



अ+ अ-

काठमाडौँ । दीपक आचार्यद्वारा निर्देशित फिल्म ‘परान’ले हालसम्म १६ करोड १६ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले जारी गरेको शनिबारसम्मको रिपोर्टअनुसार फिल्म रिलिजको एक महिनामा फिल्मले उक्त कलेक्शन गरेको हो । फिल्मको ५ लाख ६९ हजार ७ सय ५४ टिकट बिक्री भइसकेको छ ।

यस्तै, सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ले पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले शनिबारसम्म १२ करोड २३ लाख ५२ हजार ३ सय १५ रुपैयाँ कमाइ गरेको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड १९ लाख ३५ हजार ८ सय ५३ रुपैयाँ कमाइ गरेको छ भने टंक बुढाथोकी निर्देशित फिल्म ‘मनबिनाको धन’ले ३ करोड ७४ लाख ९१ हजार ४ सय ६१ रुपैयाँ कमाइ गरेको छ ।