९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी बसोबासका लागि सङ्घर्ष गर्नेको कथामा आधारित ‘पिआर’



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा स्थायी बसोबासका लागि सङ्घर्ष गर्ने नेपालीको कथामा आधारित मनोरञ्जनात्मक एवं सन्देशमूलक चलचित्र ‘पिआर’ यही मङ्सिर २६ गतेदेखि हेर्न पाइने भएको छ ।

निर्देशक शोभित बस्नेतले निर्दशन गर्नुभएको सो चलचित्रले सुन्दर भविष्यको सपना बोकेर विदेश जाने नेपालीको सङ्घर्ष, भोगाइ र मेहनतलाई उजागर गर्न सक्दो प्रयास गरेको छ ।

निर्देशक बस्नेतले भन्नुभयो, “यो चलचित्रको कथाले विदेशमा रहेका नेपालीजनले विदेश पुग्न जति सङ्घर्ष गर्नुपर्छ, त्यहाँ स्थापित हुन् पनि त्यत्तिकै मेहनत गर्नुपर्छ । हामीले यस चलचित्रमा अस्ट्रेलियाको कथा समावेश गरेका छौँ, अन्य देशमा जानेको पनि हालत यस्तै हो, यसले बिदेशिने सबैलाई समेट्छ, समग्रमा कथावस्तु राम्रो र सन्देशमूलक छ ।”

चलचित्रकी अभिनेत्री विनिता कार्कीले आफूले विद्यार्थीका रुपमा अस्ट्रेलियामा भोगेको समस्यालाई चलचित्रको कथामा पाएको बताउनुभयो । “मैले विद्यार्थीका रुपमा जे भोगेँ वा सङ्घर्ष गरेँ, त्यही कथावस्तुलाई नै चलचित्रमा देखाइएको छ । यो अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको कथा लागेता पनि हरेक देश पुग्ने कै व्यथा यस्तै छ”, अभिनेत्री कार्कीले स्पष्ट गर्नुभयो ।

चलचित्रमा अभिनेत्री कार्कीसँगै सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल, दिक्पाल कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्र मङ्सिर २६ गतेदेखि नेपालसँगै अस्ट्रेलियामा प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिनुभयो ।