११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुन्छ: राज्यमन्त्री श्रेष्ठ

स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुन्छ: राज्यमन्त्री श्रेष्ठ
अ अ+ अ-

हेटौँडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उहाँले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताउनुभएको हो । उहाँले स्थानीय, प्रदेश र संघबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुित हुनेगरी गर्न प्राथमिकता दिइनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘जति स्थानीय सरकारलाई अधिकार दियो त्यति प्रगति हुन्छ भन्ने मूल्य र मान्यता, यसको विश्वास सरकारले लिएको छ । बिस्तारै बिस्तारै स्थानीय सरकारलाई अधिकार नदिइकन, जुनजुन अधिकार छ संविधानमा तोकिएको त्यो अधिकार स्थानीय सरकारलाई दिनैपर्छ । स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ । सातै प्रदेशमा स्थानीय तहका साथीहरुले पनि जनताको सोच, जनताले भनेको कुराहरु गर्नुपर्छ । जनतालाई अनुभुत हुने कुराहरु, जनताले देख्ने कुराहरु बाटो, बिजुली, शिक्षा, स्वास्थ्य, ढल प्रत्यक्ष देखिने चिजहरु यसलाई पहिलो प्राथमिकता दिएर जानुपर्छ ।’

राज्यमन्त्री श्रेष्ठले विकास निर्माणको काममा प्रदेश–प्रदेशका विचमा प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेश र स्थानीय सरकारले रोजगारमुलक र व्यवसायमुलक शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले उत्पादनमुलक उद्योगहरुको स्थापना गर्न जोड दिनुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले ऐन, नियम तथा कानूनहरु बनाउँदा नयाँ औद्योगिक क्षेत्रहरुको स्थापना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रदेश सरकार र स्थानीय सरकारले अबको बेला भनेको अब हामीले रोजगारमुलक, व्यवसायमुलक, शिक्षा, उत्पादनमुलक उद्योगहरुमा ध्यान दिनु जरुरी छ । पूर्वाधारमा फोकस गर्न जरुरी छ । पूर्वाधार नभइ केही हुनेवाला छैन । नयाँनयाँ ठाउँमा पार्क बनाउनुपर्छ । प्रदेश सरकारले ऐन, नियम, कानून बनाउँदाखेरी नयाँ नयाँ औद्योगिक क्षेत्रहरु, शहरको विकास गर्नेदेखि लिएर व्यवस्थित यो प्रदेशले यस्तो गर्यो है, पालिकाले यस्तो गर्यो है भनेर नमूना देखाउनु प¥यो ।’

उहाँले संघीयता प्रयोगकै चरणमा रहेको भन्दै धेरै कानूनहरुलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो । चुनावको घोषणा भइसकेकाले आगामी संसदले बाँकी रहेका कानूनहरु निर्माण गर्ने उहाँले बताउनु भयो ।