१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष पाँडेलाई मानार्थ महारथीको दर्जा



अ+ अ-

नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान  गरिँदैछ ।

राष्ट्रपति भवन शीतल निवासमा गरिने विशेष समारोहमा जनरल पाँडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

पाँच दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाँडे आइतबार नेपाल आउनु भएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

साथै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग द्वीपक्षीय विषयमा छलफल हुनुका साथै नेपाली सेनाका लागि केही बन्दोबस्तीका सामान हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।