२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय विमानस्थलको बदलिँदोस्वरुप



अ+ अ-

काठमाडौँ । परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष अघिनै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्थ्यो । 
    
सरकारले एक मात्र अन्तरराष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो । तर, कोभिड महामारीका कारण सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्ष पनि स्थगित भयो भने सँगै बुटिक विमानस्थलको कामले पनि पूर्णता पाउन सकेन । अहिले महामारीकै बीच बुटिक विमानस्थलको रुपमा रुपान्तरणका लागि धमाधम काम भइरहेको छ जसका लागि आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यकरणका काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँले विमानस्थलको बुटिक अवधारणाअनुरुप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको बताउनुभयो । “टर्मिनलमा फ्लोरिङको काम परिवर्तन भइसकेको छ, अब हामी वास्तविक बुटिक एयरपोर्टको स्वरुप परिवर्तन गर्ने गरी अघि बढेका छौँ, सरसफाइको स्तर, यात्रुलाई दिने सुविधा र सुरक्षाको प्रत्याभूति हुनेगरी सेवालाई स्तरीकरण गर्ने क्रममा छौँ”, महाप्रबन्धक तिवारीले भन्नुभयो । 
    
बुटिक विमानस्थलका लागि पहिला गरिएका काम प्रभावकारी हुन नसकेको र अहिले वास्तविक परिणाम देखिने गरी काम भएको उहाँको दाबी छ । अहिले विमानस्थलमा भिडभाड कम भएकाले पनि विमानस्थलको सुधार र संरचाना निर्माण सहज भएको बताइन्छ । विमानस्थलको स्वरुप र संरचना परिवर्तनसँगै क्षमता विस्तार र सेवा स्तरिकरणका काम पनि भइरहेको छ । 
    
अन्तरराष्ट्रिय टर्मिनल भवन बाहिर छानो राख्ने ‘क्यानोपी’ को काम करिब अन्तिम चरणमा पुगेको छ । यात्रु प्रस्थान कक्षमा सुविधा सम्पन्न हल तथा यात्रुको लगेज छिटोछरितो बनाउन ‘कन्भेयर बेल्ट’ थपिएको छ । पहिला चार वटा रहेकामा हाल थप दुई वटा गरी छ वटा बनाइएको छ । यसले विदेशबाट फर्किने यात्रुले छिटो भन्दा छिटो लगेज पाउनेछन् । अन्तरराष्ट्रिय टर्मिनल अगाडि आकर्षक पानीको फोहरा ९वाटर फाउनटेन० बनाउने काम पनि अन्तिम चरणमा रहेको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय यात्रु बाहिरिने आकर्षक भवनले विदेशी विमानस्थलको झल्को दिन्छ । व्यवस्थित पार्किङ आदि सुधारको काम भएको छ । आन्तरिकतर्फ पनि सेवा स्तरीकरण र क्षमता विस्तारको काम चलिरहेको छ ।

बदलिँदोस्वरुप

जहाजबाट ओर्लेपछि आगमनतर्फ अघि बढ्दा टर्मिनल भवन छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ । प्रवेश विन्दुको दाँयाबायाँ भित्तामा मुलुकको पहिचान र परम्परागत कलासंस्कृति झल्कने आकर्षक पोष्टरले सजाइएको छ । शाक्यमुनि गौतमबुद्धको मूर्तिको छुट्टै आकर्षण छ । सर्वोच्च शिखर सगरमाथादेखि तराईका विविध सांस्कृतिक सम्पदाको झलकसहितको तस्बीरले यात्रुको ध्यान आकर्षित गर्छ । आधुनिक कलात्मक काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । 

टर्मिनल भवनको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फुल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । ‘कुइरे’ पाहुना अच्चममा पर्छन् अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । विमानस्थलको बदलिँदो यथार्थको यो चित्रणले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थले मुलुकको पहिचानलाई पनि थप प्रवद्र्धन गरेको छ ।
अन्तार्राष्ट्रिय यात्रुको प्रवेश विन्दुको रुपमा रहेको विमानस्थलले मुलुकको झझल्को दिन्छ । देशको ऐनाको रुपमा रहेको विमानस्थलको बदलिँदोस्वरुप र थपिएका सेवा सुविधाले विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलकोस्तरमा परिणत गर्न सफल भएको सम्बन्धित अधिकारीको भनाइ छ ।

पछिल्लो समय विमानस्थको रुप फेरिएको छ । यात्रुले केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङगले सजाइँदैछ । त्रिभुवन विमानस्थलमा आउने हरेक विदेशी पर्यटक विमानस्थलमा आइपुग्ने वित्तिकै यहाँको सुन्दरता, नेपाली कला कौशल, स्वागत सत्कार, विमानस्थलको वरिपरी नेपाल चिनाउने दृश्य र नेपाली कलाकौशलका सामग्रीको प्रदर्शनीसहितको गतिविधि देख्न पाउने छन् ।

विमानस्थलको स्तरोन्नतिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइ पर्यटकलाई आकर्षण गर्ने गरी स्वरुप फेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डनयन मन्त्रालय र मातहत निकाय लागि परेका छन् । अघिल्लो सरकारले टिआइएलाई परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी छिट्टै बुटिक विमानस्थलमा रुपान्तरण गर्ने घोषणा गरेको थियो । 

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाटै पर्ने भएकाले विमानस्थलको स्वरुप बदल्न लागि परेको महाप्रबन्धक तिवारीले बताउनुभयो । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरु काम भइरहेको छ ।

 यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु, तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास गरिएको छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार ९गोल्डेन गेट० बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिने व्यवस्था गरिएको छ । विमानस्थलको शौचालय सफा देखिन्छन् । विमानस्थल परिसरमा पहिला व्यापारिक होर्डिङ बोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ ।

बुटिक विमानस्थलको अवधारणाअनुरुप परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी विमानस्थलको रङ्गरोगन तथा सजावटको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले नेपालको विमानस्थल बुटिकको रूपमा घोषणा गरिएको संसारकै पहिलो विमानस्थल हुने बताउनुभयो । उहाँले भन्नुभयो,“विश्वमा बुटिक विमानस्थल भनेर घोषणा गरेको कही पाइएको छैन, नेपालको विमानस्थल पहिलो हुन्छ ।” 
    
बुटिकको अर्थ सङग्रहालय होइन । प्राचीनता झल्कने कला कृति मात्र नभइ व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्छ । बुटिकको साजसजावटका साथै जनशक्ति पनि सोही अनुरुपको व्यवस्था गरिने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले हवाईसेवा सञ्चालन गर्दै आएका छन् । (रासस, सिबी अधिकारी)




भर्खरै