दाङको राजपुर गाउँपालिका-२ स्थित बेला गाउँमा सञ्चालित एक महिने ढकिया बनाउने आधारभूत तालिममा सहभागी स्थानीय महिलाले बनाएका हस्तकला सामग्रीहरु ।
खोला किनारमा खेर जाने वनस्पतिको प्रयोग गरी बनाइएका यी सामग्रीले महिलालाई आत्मनिर्भर बनाउने तथा आयआर्जनको सम्भावना वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।