२६ श्रावण २०८३, मंगलवार
,
Latest
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ? कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य छोटी भन्सार पुनःसञ्चालनको माग बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका नदी किनाराका बस्ती उजाडिए, कस्तो अवस्थामा छ अहिले ? (फोटो फिचर)



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको वर्तमान सरकारले नदी किनारामा रहेका अनधिकृत घरबास सबै डोजर लगाएर भत्काउने अभियान थालेको थियो । यो अभियान देशभर नै अझै जारी छ ।

देशका विभिन्न भागमा केन्द्र र स्थानीय सरकारले सडक, नदीका आसपासमा बनेका अनधिकृत संरचना हटाउने क्रम जारी राखेका छन् । सरकारको यस कार्यबाट धेरै मानिस विस्थापित भएका छन् ।

गृह मन्त्रालयको नेतृत्व आफूले लिएसँगै प्रधानमन्त्री बालेनले अनधिकृत संरचना हटाउने कार्यको शुभारम्भ काठमाडौंको थापाथलीबाट सुरु गरेका थिए । बाग्मती नदी किनाराका थापाथली र बल्खुका साथै धोबीखोला, मनोहरा, विष्णुमती समेतका नदी किनारामा डोजर चलाइएको छ ।

अहिले नदी किनारामा रहेका ठूलो संख्याका घरटहरा हटिसकेका छन् र सयौं मानिस होल्डिघ सेन्टरमा बस्न बाध्य छन् । उनीहरु सरकारले स्थायी बसोबासको व्यवस्थाका लागि व्यग्र पर्खाईमा छन् ।

यहाँ प्रस्तुत गरिएका तस्बिरहरु अहिले उजाड बनेको बाग्मती किनारको हो ।

तस्बीर: जोनास सेल (अमेरिकी प्रशिक्षार्थी फोटोग्राफर)