११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

चुनावअघि वाममोर्चा नबन्नु दुर्भाग्य, तीन चार वर्षभित्रै ठूलो उथलपुथल हुन्छ: घनश्याम भुसाल

चुनावअघि वाममोर्चा नबन्नु दुर्भाग्य, तीन चार वर्षभित्रै ठूलो उथलपुथल हुन्छ: घनश्याम भुसाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै बाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य भएको टिप्पणी गर्नु भएको छ ।

कम्युनिष्टहरुबीच मोर्चाबन्दी गरेर अघि नबढने हो भने आगामी ३/४ वर्ष भित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिष्टहरुले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको चेतावनी समेत थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरुभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराउनु भयो ।

मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने बामपन्थीहरुबीच एकता गरेर अघि बढनुपर्ने उहाँको दोहोर्याउनु भयो । नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायतका नेताहरुले दुुनियाँसामू नेपालको बेइज्जत गरेको जिकीर समेत गर्नु भयो । उहाँले मञ्चमा रहनु भएका प्रचण्डलाई क्रमभंग गरेर भएपनि कम्युनिष्टहरुबीच एकता गर्न ढिलाई नगर्न आग्रह गर्नु भयो ।

नेता भसालले भन्नु भयो, ‘अस्ती संसद विघटन भएपनि नेपालको राजनीतिमा कमरेड प्रचण्डलाई मैले यो सम्झिनुसहै भन्न खोजेको हो । यो सुरु भएको छ है, राजनीतिप्रति वितृष्णा, सत्ताका प्रति वितृष्णा । राज्यको प्रतिको घृणा । यो चानेचुने कुरा छैन । यो २/४ वटा स्वतन्त्र आएमात्रै नभन्नुस । स्वयम् राजनीतिक पार्टीहरु भित्र आज यो उकुसमुकुस जुन छ, यो कुरालाई कसैले नजर अन्दाज नगरौं । म आगामी ३/४ वर्ष भित्रमा एउटा ठूलो उथलपुथल देख्छु यो क्षितिजमा । त्यसले कम्तिमा आजको राजनीतिको नीतिहिनता, विचारहिनता, मनपरीतन्त्र कम्तिमा यति चाँही लैजान्छ । त्यो चाँही राम्रै हुनेछ । तर, राजनीतिले त्यो भन्दा धेरै कुरा हामीबाट लिन्छ । आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरुले यसको जवाफ दिनुपर्ने हुनेछ । हामीसँग राजनीतिले ठूलो मूल्य लिँदैछ । कमरेड प्रचण्ड र अरु नेताहरु, हामी सबै यसलाई कसरी रोक्ने हो । यदि हामीले त्यो एकता नभत्काएको भए संसद विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जति नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । अर्थनीति बन्दै थियो । यो चुनाव भन्दा अगाडि नै हामीले बाममोर्चा बनाउन सक्नुपथ्र्यो । दूर्भाग्य हो । ठूलो दूर्भाग्य हो । मैले पटक पटक भनेको छु–पहिलो ठूलो दूर्भाग्य, पहिलो ठूलो पार्टी कम्युनिष्ट, तेस्रो ठूलो पार्टी केम्युनिष्ट, चौंथो ठूलो पार्टी, पाँचौं कम्युनिष्ट, सातौं कम्युनिष्ट, आठौं कम्युनिष्ट, सबै कम्युनिष्ट । आज हालत के भईराखेको छ रु कारण धेरै छन । बाहिरबाट हेर्दा त मान्छेहरुले के देख्ने भो भने समाजवाद ल्याउन के गर्नु पर्दो रहेछ भने भएकै संसद विघटन गर्नु पर्दोरहेछ । पार्टी फुटाउन पर्दोरहेछ । बाहिर बसेकोहरुले के । यो सारा बेईज्जति काम गर्नु पर्दोरहेछ । कमरेड प्रचण्ड, पटक पटक तपाईले भन्नु भएको छ क्रमभंगता, अव यो क्रमभंगता फेरी जरुरी भयो मुलुकमा चाँही । मुलुकमा ठूलो राजनीतिक उथलपुथल देख्छु मुलुकमा । त्यसलाई कमजोर नआँक्न आग्रह गर्दछ । यो नीतिहीनता, विचार हिनता, मनपरी तन्त्र कम्तिमा यो चाँही लैजान्छ र त्यो राम्रै हुन्छ । ’

नेता भुसालले संसद विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरु नमिल्ने हो भने झन गहिरिएर जाने समेत बताउनु भयो ।