६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन बनाएर निर्वाचनमा जाने कांग्रेसको सर्वसम्मत निर्णय हो: प्रवक्ता डा. महत



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताउनुभएको छ ।

प्रवक्ता महतले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताउनुभयो । “पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुन्छन्, निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै मतमतान्तर छैन”, उहाँले भन्नुभयो ।

प्रवक्ता डा महतले अहिलेकै गठबन्धनलाई जोगाएर निर्वाचनसम्म लैजाने स्पष्ट पार्नुभयो । “अघिल्लो निर्वाचनमा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच गठबन्धन हुँदा स्वाभाविक हुने, अहिले कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्दा अस्वाभाविक हुने रु”, उहाँले प्रश्न गर्नुभयो । कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उहाँको भनाइ छ ।

उहाँले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको बताउँदै सबै आकांक्षीलाई मिलाएर लैजानु पार्टीभित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । “धेरै सिट लिनुभन्दा धेरै सिटमा जित्नु कांग्रेसका लागि महत्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो । समावेशीतालाई सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले विगतका दिनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

प्रवक्ता डा महतले आगामी निर्वाचनमा पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्था र आम युवालाई मतदाताको घरदैलोसम्म परिचालन गरिने स्पष्ट पार्नुभयो । “केन्द्रमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यसमितिले पूर्णता पाएका छैनन्, पूर्णता दिन पाएको भए राम्रो हुन्थ्यो, जिल्ला/जिल्लामा भएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्वाचनको समयमा परिचालन गछौँ”, उहाँले भन्नुभयो ।

उहाँले पार्टीभित्र टिकट नपाउँदा स्वतन्त्र उठ्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र उठ्न नदिने वातावरणका लागि कांग्रेस लाग्ने बताउनुभयो । पारदर्शी र विकासको मामिलामा कांग्रेस सधैँ अगाडि उभिएको उहाँको भनाइ थियो ।

उहाँले कांग्रेस सरकारको पालामा अधिकांश सञ्चार गृह खुलेको स्मरण गर्दै पत्रकारको पेशागत अधिकार र प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने पक्षमा कांग्रेसले सधैँ सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो ।