११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

यार्सागुम्बाको उर्बर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ: मन्त्री बडू

यार्सागुम्बाको उर्बर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ: मन्त्री बडू
file
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देशैभरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाका उर्बर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा गाउँपालिकाबीच भएको ‘निजी क्षेत्रको सहभागितामा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रस्थित लटिनाथ, मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना’ गर्न सहयोग आदानप्रदानसम्बन्धी सम्झदारी पत्रमा आज हस्ताक्षर गर्दै मन्त्री बडूले दार्चुलाको अपिनाम्पा क्षेत्रसहित हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको थप अध्ययन तथा अनुसन्धानसहित त्यहाँका उर्बर क्षेत्रलाई संरक्षण गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यार्सागुम्बा के हो, यो किन बुहुमूल्य भयो, यसको उपयोगिता के हो, यसको उर्बरता के हो, हामी यसको वैज्ञानिक अध्ययन सुरु गर्दैछौँ । संरक्षण पनि गछौँँ ।” मन्त्री बडूले यार्सागुम्बालाई कसरी संरक्षण गर्ने, हाम्रो मुलुकमा यसको कसरी प्रशोधन गर्ने, अनि यार्सा सङ्कलक, व्यापारी तथा सरकारलाई राजस्वसहित कसरी फाइदा पुग्छ भन्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

देशभित्र यार्सागुम्बाको वैज्ञानिक अध्ययन हुन नसकेको उल्लेख गर्दै मन्त्री बडूले यार्सा सङ्कलन गरेर आम्दानी गरे पनि यसको उर्बरता कसरी बढ्छ भन्ने विषयमा खासै जानकारीमा नआएको बताउनुभयो । “यार्सागुम्बाका विषयमा वैज्ञानिक अध्ययन तथा अनुसन्धान हुन जरुरी छ”, उहाँले भन्नुभयो, “यस विषयमा मन्त्रालयले अध्ययन अनुसन्धानका कार्यहरु अगाडि बढाएको छ ।” यार्सागुम्बा अध्ययन तथा अनुसन्धनका लागि विज्ञसहितको टोली यार्सा पाइने सुदूरपश्चिमका हिमाली जिल्लासहित देशैभरी पठाउने मन्त्रालयको उद्देश्य रहेको मन्त्री बडूले जानकारी दिनुभयो । यसअघि आफू वन तथा वातावरणमन्त्री भएकै बेलादेखि नै यार्सागुम्बा प्रशोधन केन्द्र तथा संरक्षणका लागि पहल गरेको मन्त्री बडूले उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले नेपाल चिनाउने विभिन्न जडिबुटीमध्ये यार्सागुम्बा पनि एक भएको र विश्व बजारमा पु¥याउन खासै खर्च नलाग्ने भएकाले यार्सागुम्बा नेपाली ब्राण्ड हो भनेर लोगोसहित विदेश पठाउनका लागि मन्त्रालय लागि परेको सो अवसरमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्व बजारमा यार्सा नेपाली ब्राण्ड हो भनेर अब चिनाउनुपर्ने बेला आएको छ, यसका लागि मन्त्रालयले विभिन्न काम गर्दै छ, यसबाट सरकार, यार्सागुम्बा सङ्कलक र व्यापारीलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।”

सो अवसरमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले दार्चुलाको हिमाली भेगमा पाइने यार्सागुम्बाका विषयमा अध्यययन अनुसन्धान गरी प्रशोधनका लागि कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय र मार्मा गाउँपालिकाबीच आज भएको यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापनाका गर्न सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रले हामी उत्साहित भएका छौँ, हाम्रा लागि यो धेरै खुसीको कुरा हो, हाम्रो ठाउँमा पाइने यार्सा अब हाम्रै क्षेत्रमा प्रशोधन हुने आशा छ ।”