• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल



file

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । आगामी निर्वाचनमा सत्तारुढ दलबीच सिट बाँडफाँटलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच आज बिहान ९ बजेदेखि छलफल भएको हो ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएसँगै दुवै नेताबीच सिट बाँडफाँटलाई लिएर छलफल भएको जनाइएको छ । आजै बेलुका सत्ता गठबन्धनबीच पनि छलफल हुने बताइएको छ ।

अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे छलफल हुनेछ । सो छलफल अघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।

आगामी प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसले १०० सिट पाउनुपर्ने माग गर्दै आएको छ । यद्यपि सो संख्या घट्ने अनुमान गरिएको छ ।

सत्ता गठबन्धनका पाँच वटै दलले आफूले माग गर्दै आएको सिट संख्याबाट केही घटेर सिट बाँडफाँट टुंग्याउने बताइएको छ ।