११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

विपद् जोखिम न्युनिकरणको लागि राज्यकोषबाट प्रदान रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्री को निर्देशन (भिडियो)

विपद् जोखिम न्युनिकरणको लागि राज्यकोषबाट प्रदान रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्री को निर्देशन (भिडियो)
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको हो ।  उहाँले सरकारले विपद् जोखिम न्युनिकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गर्नु भयो । उहाँले स्थानीय तहमा विपद् जोखिम न्युनिकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताउनु भयो ।

गृहमन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भिरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘यो वर्ष पनि बाढी पहिरोका कारण विभिन्न स्थानमा क्षति गरेको छ । विपद् प्राधिकरणसँग सरकारले प्रदान गरेको कोष भएता पनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन भएको अवस्था छैन । नेपाल सरकारका विभिन्न मन्त्रालय र मातहतका विभागलाई क्रियाशिल बनाउनुपर्ने र सहयोग र समन्वय गर्नुपर्ने अवस्था रहेको छ । यो वर्ष पहिरो वा बाढीले क्षति गरेको छ, त्यहाँ स्थानीय पालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन प्राधिकरण र मन्त्रालय प्राविधिक सहयोग लिन
सक्नुपर्छ । प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयहरु गम्भिरतापूर्वक कार्यान्वयन हुनुपर्छ । विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै खर्च हुनुपर्छ । स्थानीय तहमा विपद् जोखिम न्युनिकरणका लागि खर्च गर्न पठाएको रकम सदुपयोग हुन सक्नुपर्छ । प्राधिकरणको आर्थिक पद्धती र प्रक्रिया छ । त्यहाँ पनि सार्वजनिक खरिद ऐन लागू हुन्छ । त्यसले प्रचलित कानून अनुसार नै खर्च हुनुपर्छ । राज्य कोषबाट विपद् जोखिम न्युनिकरणको लागि उपलब्ध भएको बजेट शतप्रतिशत नै सदुपयोग हुनुपर्छ । प्राधिकरणले शतप्रतिशत रकम सदुपयोग गर्न क्रियाशिल बन्नुपर्छ ।’

गृहमन्त्री खाँणले यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताउनु भयो । उहाँले विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भएपनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताउनु भयो । विपद् व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताउनु भयो ।