११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

चुनावी तालमेलका लागि खुला छौँ : महासचिव पोखरेल

चुनावी तालमेलका लागि खुला छौँ : महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताउनु भएको हो । तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाई थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहोर्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ । हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौं । हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गईराखेको छौं । स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलमा बारेमा हामी सदैव खुला छौं । तर चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौं । त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौं । चुनावी तालमेलको कुरा गरेका छौं ।’

महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजीनामा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गर्नु भयो । उहाँले सो विधेयक राष्ट्रपति कहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘नागरिकता विधेयकसँग जोडेर सम्मानीय राष्ट्रपतिको राजीनामा भन्ने कुराको प्रश्नचाँही एक प्रकारले बजारमा अतिरञ्जना सृजना गर्ने प्रयास हो भन्ने मलाई लाग्छ । किनकी, विधेयक अन्तिम रुपमा राष्ट्रपति कहाँ पुगैकै छैन । जब राष्ट्रपति कहाँ पुगेकै छैन भने त्यो विषयमा राष्ट्रपतिको कुरा के–कस्तो भन्ने कुरा आम सञ्चार माध्याममा जो आएको छ, त्यो तर्कको कुरा हो । विधेयक अहिले पनि विचाराधिन अवस्थामा छ । जबसम्म राष्ट्रपतिको टेवलमा पुग्दैन, त्यतिबेलासम्म विधेयकको सन्दर्भमा के गर्ने भन्ने प्रश्न चाँही आउँछ जस्तो मलाई लाग्दैन ।’

महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु परेको बताउनु भयो । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उहाँले बताउनु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘एउटा जनताको पक्षमा काम गरेको नेताहरुलाई जब घेराबन्दी गरिन्छ, जनताको अदालतबाट घेराबन्दी गर्नेहरुलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा उहाँले उहाँलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका हौं । नेतृत्वको अभाव पार्टीमा भएर होइन । नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि उहाँलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । हामीलाई बहुमत ल्याउन पार्टी सदस्यले दुई मत मात्रै थप गरे हुन्छ । त्यही भएर आमीले प्रत्येक पार्टी सदस्यले दुई मत थप गर्ने गरी चुनावी रणनीतिनै बनाएका छौं ।’

महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढने रणनीति तय गरेको बताउनु भयो ।