२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोही कल्पनाले गराइन् ‘तीज अन द वाल’



अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् ।

क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न आइतबारदेखि राजधानीमा प्रारम्भ भएको साताब्यापी अभ्यासका क्रममा महर्जनले सोमबार खेलाडीलाई क्लाइम्बिङ गराएकी हुन् । धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोटसर्् क्लाइम्बिङमा अभ्यास गराइएको हो । ‘संस्कृति र साहससँगसँगै’ नाराका साथ ‘तीज अन दी वाल’ कार्यक्रमका क्रममा खेलाडीलाई क्लाइम्बिङ गराइएको ‘क्लाइम्बिङ स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि घरलेले जानकारी दिनुभयो ।

तीजलाई फरक ढङ्गमा मनाउने उद्देश्यका साथ एकसाताको ‘तीज अन दी वाल’ सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका व्यक्तिलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । गत वर्षदेखि तीजको अवसरमा कार्यक्रम आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।