२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–अमेरिका मित्रताको झण्डालाई माउन्ट देनाली पुर्योउने आराहीलाई सम्मान प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल–अमेरिका मित्रताको झण्डालाई अमेरिकाको सबैभन्दा अग्लो शिखर माउन्ट देनालीको चुचुरोमा पुर्योउने टोलीलाई नेपालस्थित अमेरिकी राजदूतावासले सम्मान गरेको छ ।

नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्षगाँठको अबसरमा आरोहीको टोलीले मित्रताको झण्डालाईकेही नेपाली पर्वतारोहीले अमेरिकाको सबैभन्दा अग्लो शिख माउन्ट देनालीको चुचुरोमा पु-याएका थिए ।आज एक कार्यक्रमका बीच नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले पर्वतारोहीहरुलाई बधाई ज्ञापन गर्नुका साथै सो झण्डा ग्रहण गर्नुभयो।

सो अवसरमा पर्वतारोहीहरुले अमेरिकाको सबैभन्दा अग्लो शिखरमा झण्डा पुर्याउँदाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँहरुले सामान्यतया तीन हप्ता लाग्ने हिमाल तीन दिनमै आरोहण सम्पन्न गरेको बताउनुभएको थियो ।

नेपालस्थित अमेरिकी राजदूतावासले नेपाली पर्वतारोहीहरु कर्मा तेन्जिङ, मिङमा शेर्पा, छङ्दावा शेर्पा, मिङमा ग्याबु शेर्पा, जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, र कर्मा ग्याल्जे शेर्पाले नेपाल–अमेरिका मित्रताको झण्डालाई अमेरिकाको सबैभन्दा अग्लो शिखरमा पुर्‍याएको बताएको छ । यसअघि सोही झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउने अभियानमा यो टोलीसँगै नेपाली पर्वतारोही पासाङग फुर्बा शेर्पा पनि सामेल हुनुहुन्थ्यो।

राजदूतावासले नेपाल–अमेरिका मित्रताको यो महत्वपूर्ण क्षणलाई अझै विशेष बनाइदिनुभएकोमा पर्वतारोहीहरूको सो समूहप्रति कृतज्ञता व्यक्त गरेको छ ।