३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी प्रहरीको ‘क्रुरता’ ले विश्वभर बहस, ३० लाखपटक हेरियो भिडियो



अ+ अ-

एजेन्सी
वासिंटन । अमेरिकाको अर्कान्सास राज्यमा प्रहरीको तर्फबाट निर्ममताको घटना भएको छ । क्रफोर्ड काउन्टीमा भएको घटनाको भिडियो हेर्ने जो कोही छक्क परेका छन् ।

विवाद बढेपछि तीनै प्रहरीलाई निलम्बन गरिएको छ । यस विषयमा गभर्नरले राज्य प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएका छन् ।

भिडियोमा तीनजना प्रहरीले एक व्यक्तिलाई भुइँमा लडाएर नराम्ररी कुटपिट गरिरहेको देख्न सकिन्छ । एक प्रहरीले उनको टाउकोमा लगातार प्रहार गरिरहेको छ ।

यो भिडियो हेरेपछि जर्ज फ्लोयडको बारेमा घटनालाई स्मरण गर्न सकिन्छ । जसलाई पुलिसले कुटेर मारे र त्यसपछि ‘ब्ल्याक लाइभ्स म्याटर’ जस्तो ठूलो आन्दोलन भएको थियो ।

अर्कान्सास प्रहरीबाट कुटपिटमा पर्ने व्यक्तिको पहिचान र्यान्डल वर्सेस्टर (२७) को रूपमा गरेको छ। भिडियोमा प्रहरीले उनलाई लात र मुट्ठीले कुटिरहेको देखिन्छ । जब उनले आफ्नो टाउको उठाउन खोज्छन, पुलिसहरू पार्किङ फ्लोरमा टाउको लडाउँछन् ।

अर्को अफिसरले उनको तल्लो शरीरमा लात हानेको छ। तेस्रो अधिकारीले उनलाई पक्रिरहेका छन्। घटना स्थानीय समय अनुसार आइतबार बिहान १०ः४० बजे क्रफोर्ड काउन्टीको एक जनरल स्टोरबाहिर भएको हो ।

पीडितलाई जेल पठाइयो

यस मामिलामा पीडित र्यान्डल वर्सेस्टरलाई पहिले अस्पताल लगिएको थियो र त्यहाँबाट उनलाई जेल पठाइएको थियो।

राज्य प्रहरीले उनलाई दोस्रो दर्जाको आक्रमण, गिरफ्तारीको प्रतिरोध, आपराधिक सामग्री राख्ने, आपराधिक गतिविधि र आतंक धम्कीको आरोप लगाएको छ।

एक व्यक्तिले यो घटनाको भिडियो बनाए । यसबारे विभिन्न व्यक्तिले ट्वीट गरेका छन् । अहिलेसम्म यो भिडियोलाई ३० लाखभन्दा बढीले हेरिसकेका छन् ।

भिडियो सार्वजनिक भएपछि अनुसन्धान सुरु

दुई अधिकारीहरू क्रफोर्ड काउन्टी शेरिफको कार्यालयमा संलग्न छन्। तेस्रो अधिकृत मालबेरी प्रहरी विभागमा आबद्ध छन्। राज्य प्रहरीले भिडियो सार्वजनिक भएपछि अनुसन्धान सुरु गरेको र क्रफोर्ड काउन्टी अभियोजकलाई रिपोर्ट पेश गर्ने बताएको छ।

उसले घटना बल प्रयोग कानूनअनुसार थियो कि भनेर निर्धारण गर्नेछ। यसैबीच शेरिफले यस विषयमा प्रहरीलाई निलम्बन गरिएको बताएको छ ।

 




भर्खरै