९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

दाङमा तीज गीतको रौनक

दाङमा तीज गीतको रौनक
अ अ+ अ-

दाङ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा जिल्लामा यसकोे रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हर्षोल्लासका साथ तीज मनाउन नपाउँदा खल्लो महसुस भएकामा अहिले खुसी लागेको यहाँका महिला बताउँछन् ।

कोरोना महामारीका कारण विगतका वर्षमा साथीसँग तीजमा रमाइलो गर्न तथा बजारमा सँगै गएर किनमेल गर्न पाएनौँ, यसपटक भने शिव मन्दिरमा जाने पूजापाठ गर्ने र छमछमी नाँचेर गरेर रमाइलो गर्ने योजना बनाएको बताउनुहुन्छ, तुलसीपुर–५ का ३५ वर्षीया शारदा वली । उहाँ तीजका लागि आवश्यकपर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यान्न सामग्रीसमेत किनिसकेको बताउनुहुन्छ । तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारी विगतका वर्षभन्दा यसपटक राम्रो व्यापार भएको बताउनुहुन्छ । “लामो समयदेखि वीरेन्द्र चोकमा किराना पसल गर्दै आउनुभएका उहाँ पहिलेभन्दा अहिले व्यापार पनि राम्रै भएको र बजारमा किनमेल गर्नेको उपस्थिति बाक्लो छ भन्न्नुहुन्छ ।

व्यापारी अन्सारी बताउनुहुन्छ, “अहिले चाडपर्व नजिकिएसँगै बिहानैदेखि समान बेच्न भ्याइनभ्याइ छ । सामान बिक्री गर्दा तीजको रौनक झल्किने गरेको छ । तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाले दर खाने कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ दाङ महिला विभागले ‘पत्रकार महिलाका सवाल र तीज’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा बोल्ने वक्ताले पत्रकार महिलाको पेशागत सुरक्षा र क्षमता विकासका लागि सम्बन्धित सञ्चार गृहले सहयोग गर्नुपर्ने र त्यसका लागि स्वयं पत्रकार महिलाले अवसरको खोजी र क्षमता विकासमा लाग्नुपर्नेमा जोडसमेत दिएका छन् । जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा स्थान पाउँदा समाजमा सकारात्मक सन्देश जाने निष्कर्ष निकालेका छन् ।

परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने शैलीमा परिवर्तन भएको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन छ । तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भन्दै चासो व्यक्त हुन थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का ४६ वर्षीया राधा रजौरेले तीजलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।”

विगतका वर्षमा तीज आउन दुई महिनाअघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी तथा सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको बताउनुहुने उहाँ अहिले कोरोनापछिको तीज भएकाले पहिलेको तुलनामा केही कमी आए पनि अझै सहर बजार तथा महँगा रेष्टुरेन्टमा गएर तीज आउनु अगावै दर खाने चलन राम्रो नभएको उहाँ बताउनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले तीज पर्वको आफ्नै विशेषता र महत्व बोकेको पर्व रहेको बताउनुहुन्छ । उहालेँ तीज पर्वका सकारात्मक पक्षलाई भने अनुशरण गर्नुपर्ने विचार राख्नुहुन्छ। उहाँले तीज पर्वका नाममा तडकभडक, खर्चिलो, देखासिकी, गरेर मनाउनु गलत रहेकाले त्यसो गर्न नहुने बताउनुभयो । अहिले फेरि कोरोना बढीरहेको छ। सुरक्षीत भएर तीज मनाउन उहाले सबैलाई आग्रह गर्नु भयो। उपप्रमुख चौधरी भन्नुहुन्छ, तीजलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की ४४ वर्षीय नीरा ढुङ्गानाले तीजलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुहुन्छ । महिला उद्यमी सपना बस्नेत पनि तीज हाम्रो मौलिक पर्व रहेकाले यसलाई सबैले हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्ने बताउनुहुन्छ । उहाँ तीज आउन एक हप्ता बाँकी रहँदा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दर खाने तथा तीज मनाउने तरिकाको विकास भए राम्रो हुने विचार राख्नुहुन्छ । “तीजका नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिइ व्रत बस्ने गरेकोे देखेकी छु यो गलत हो”, उहाँउद्यमी बस्नेत भन्नुहुन्छ ।

कोहलपुर निवासी कालिका रेग्मी तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउनुहुन्छ । शिक्षण पेशामा रहनुभएकी उहाँ भन्नुहुन्छ, “ अहिले फेरि कोरोना बढेको छ सुरक्षित तवरले तीज मनाउनुपर्छ । तीज पर्वमा चेतनामूलक, सरसफाइ, जागरणका गीत गाउने, बृहत् सरसफाइजस्ता कार्यक्रम गरिएमा राम्रो हुनेमा रेग्मी जोड दिनुहुन्छ । रासस