२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ एक दशमलव शून्य चार, होटल तथा पर्यटन २९ दशमलव ५६, निर्जीवन बीमा आठ दशमलव तीन र उत्पादन २२ दशमलव ७८ अङ्कले उकालो लागे ।

यस्तै, व्यापार ४१ दशमलव १५, विकास बैंक ३५ दशमलव दुई, जलविद्युत् २८ दशमलव ७८, वित्त १६ दशमलव नौ, अन्य २५ दशमलव ९६, लघुवित्त सात दशमलव ७१, जीवन बीमा ३७ दशमलव शून्य दुई, सामूहिक लगानी कोष शून्य दशमलव शून्य नौ र लगानी शून्य दशमलव ५३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड २८ लाख ५० हजार नौ सय ६८ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १० करोड २५ हजार सात सय दुई, नेष्डो समृद्ध लघुवित्त रु सात करोड ५१ लाख ३१ हजार ७८७, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५४ लाख ३५ हजार एक सय पाँच र हिमालयन डिस्टिलरी रु चार कराड ७७ लाख १० हजार आठ सय ९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी नौ दशमलव ९८, एनएमबी (पचास) चार, श्वेतगङ्गा हाइड्रोपावर तीन दशमलव ५६ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले तीन दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, रिभर फल्स पावर पाँच दशमलव १९, हिमालयन हाइड्रोपावर पाँच दशमलव शून्य सात, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ५३, एनआइसी एशिया फण्ड चार दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।