११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

काँग्रेसले चुनाव लक्षित ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने

काँग्रेसले चुनाव लक्षित ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

शनिबार काँग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही भाद्र १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सो अभियान सुरु गर्ने जानकारी गराएको हो । जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र काँग्रेस नेतृत्वको सरकारले गरेका कामहरुबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी सो अभियान संचालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

उहाँका अनुसार सो अभियानमा पार्टीका केन्द्रिय प्रतिनिधिहरु सबै जिल्लामा सहभागी हुनेछन । उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सो अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन । प्रवक्ता महतले भन्नु भयो, ‘अहिले ‘जनताको साथमा काँग्रेस’ अभियान आउँदो भाद्र १० गतेदेखि संचालन हुन्छ । त्यसपछि दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने कार्यक्रम हुन्छ । र, त्यसपछि निर्णायक उम्मेदवारहरु चयन भएपछि १६५ वटै संघको निर्वाचन क्षेत्र र ३३० वटा प्रदेशको निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार अभियानको कार्यक्रम हुन्छ । हामीले मूलतः यो अभियान जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र त्यसलाई आत्मासात गर्ने र सँगसँगै नेपाली काँग्रेसको नेतृत्वमा हामीले के–के काम ग¥यौ ।

के कस्ता उपलब्धि भए र आउने दिनमा के कार्यक्रम छन भनेर प्रस्तुत गर्छौ । यी विषयबस्तुमा केन्द्रित रहेर यो अभियान अगाडि बढछ । र, चुनावी तालमेल गरेर जाने भनेका छौं । यस विषयमा पनि त्यहाँ जानकारी लिने, परिस्थिति बुझ्ने र यसको आवश्यक्ताको बारेमा पनि हामी चर्चा, परिचर्चा गर्ने र त्यो किसिमको माहौल बनाउने अभियानको मूल उद्देश्य हुनेछ । ७७ वटै जिल्लामा पार्टीका केन्द्रिय सदस्यहरु परिचालित हुनुहुनेछ । भोलीनै पार्टी सभापतिको उपस्थितिमा उनीहरुलाई अभिमुखिकरण कार्यक्रम हुन्छ । केन्द्रिय प्रतिनिधिहरु सबै जिल्ला गएर जिल्ला कार्य समितिको बैठक राखेर विभिन्न तहलाई परिचालन गरी सो अभियानलाई सफल बनाउने योजना तय गर्नेछन ।’

प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँडको टुंगो लगाउने काम कठिन नभएको बताउनु भयो । निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै वीन वीन हुने गरी त्यसको टुंगो लगाउने बताउनु भयो । प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्नेगरी सिटमा दावी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गर्नु भयो ।

त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उहाँको भनाई थियो । प्रवक्ता महतले भन्नु भयो, ‘कति धेरै ठाउँमा सिट पाउने भन्दा पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कुरा हाम्रा लागि महत्वपूर्ण हुन । त्यसो भएको हुनाले आम मतदातालाई स्वभाविक लाग्ने गरी सिट संख्याको दावी गर्न अन्य दलले पनि उपयुक्त हुन्छ । हामीले धेरै मत परिणाम ल्याउने कुरा ध्यान दिन आवश्यक हुन्छ । जनतालाई स्वभाविक लाग्ने गरी चुनावी तालमेल भएन भने परिणाम राम्रो आउँदैन । सिट बाँडफाँड जटिल विषय भएपनि विन विन हुने गरी त्यसको बाँडफाँड हुन्छ ।’

प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताउनु भयो ।