९ असार २०८३, मंगलवार
,
Latest
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाका जसपा, कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश



अ+ अ-

काठमाडौँ । रसुवामा विभिन्न पार्टीमा क्रियाशील जिल्लास्तरीय नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा विभिन्न पार्टीमा क्रियाशील ५२ जना नवप्रवेशीलाई टीका र खादा लगाई स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यहरू फुर्पा गुरूङ, वसन्त लामा कर्मा, सुरज नेगी, विजय घले, हर्कबहादुर तामाङ लगायत ३५ जना हुनुहुन्छ भने नेपाली काँग्रेसका क्रियाशील सदस्य जितबहादुर नेकोर, कर्मा छेदेन लोप्चन, हरिप्रसाद लामिछाने, अर्जुन नगरकोटी, सुवास बगाले र सुब्बा घले हुनुहुन्छ ।

त्यसैगरी राप्रपाका निमा लामा, माओवादी केन्द्रका सन्जोग तामाङ र सूर्य घले पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरू नौकुण्ड गाउँपालिकाका वासिन्दा हुनुहुन्छ ।

सो अवसरमा बरिष्ठ नेता पोखरेलले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै जिल्लामा नवप्रवेशी साथीहरूलाई तत्कालै उचित जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई निर्देशन दिनुभयो ।

उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमत हासिल हुने गरी विजयी गराउन सिङ्गो पार्टीपङ्ती परिचालित भइरहेको र त्यसका लागि रसुवामा पनि पार्टीले निर्वाचन जित्नुपर्ने हुँदा नवप्रवेशी साथीहरू पनि निर्वाचन जित्ने गरी लाग्न आग्रह गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका सचिव जनार्जन ढकालको संयोेजनमा भएको थियो ।