४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

०.३६अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

०.३६अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ । कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर रु एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ तीन दशमलव ७५, व्यापार तीन दशमलव ८४, होटल तथा पर्यटन शून्य दशमलव १८, अन्य तीन दशमलव ४२, जीवन बमिा ४५ दशमलव ३३ र लगानी शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै, विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त सात दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव शून्य आठ, उत्पादन दुई दशमलव ५२, लघुवित्त तीन दशमलव शून्य नौ, सामूहिक लगानी कोष शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ बराबर छ ।

कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ४३ लाख ११ हजार आठ सय ९८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु छ करोड ९० लाख ५० हजार दुई सय २९, नबिल बैंक रु चार करोड २६ लाख ६५ हजार ७९, आइसिएफसी फाइनान्स रु तीन करोड ६५ लाख ५६ हजार तीन सय ३७ र नेपाल दूरसञ्चार कम्पनी रु तनि करोड ३३ लाख १४ हजार एक सय ४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन् । श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर नौ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै, सामलिङ पावर कम्पनी पाँच दशमलव १४, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव शून्य पाँच, सिङ्गटी हाइड्रोपावर तीन दशमलव ६४, सबैको लघुवित्त तीन दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले दुई दशमलव २३ प्रतिशतले गुमाएका छन् ।