४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति,६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

९ अर्ब ५४ करोड अमेरिकी डलर  सञ्चिति,६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रबैकले ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति रहेको जनाएको छ । बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित) प्रतिबेदन सार्बजनिक गर्दे उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाएको छ ।

प्रतिबेदन अनुसार वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ । यसैगरी आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको केन्द्रीय बैकले जनाएको छ ।

प्रतिबेदन अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

प्रतिबेदन अनुसार विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको प्रतिबेदनमा उल्लेख छ ।

बैकका अनुसार २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४६ खर्ब २१ अर्ब पुगेको छ ।

प्रतिबेदनको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/08/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2078.79-1.pdf”]