३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्यसपछि मैले प्रहरी अधिकारीलाई निलम्बन गरिन !



अ+ अ-

२०६४ सालको संविधानसभाको चुनाव ताका म विरानगरमा डिआईजी को हैसियतमा कार्यरत थिए ।

अचानक गृहमन्त्री कृष्णप्रसाद सिटौलाको फोन आयो, मैले उठाउने वित्तिकै भन्नुभयो, “सुशील कोइरालाको टिमलाई ढुंगामुढा गरेछन् ,मलाई बेस्सरी हप्काउनु भयो, रिसले आगो हुनुहुन्छ,आफै भेटेर उहाँको रिसलाई शान्त पार्नु होला”

नेपाली कॉंग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको नेतृत्वमा पूर्व राष्ट्रपति रामवरण यादव, प्रकाशमान सिंह, दिलवहादुर घर्ती र स्व.गोपाल भण्डारी सहितको ५ जनाको एउटा टिम आमसभा, कार्यकर्ता भेटघाट र चुनावी आँकलन गर्न देशव्यापी दौडाहामा निस्किएको थियो ।

त्यस बखत माओवादी र मधेशी जनाधिकार फोरमको जगजगीको त्यो समयमा कांग्रेस र एमाले भने लो प्रोफ़ाईलमा थिए , दौडाहकै क्रममा सुनसरीको इनरुवामा गरिएको एउटा कार्यक्रममा फोरमका कार्यकर्ताले ढुंगामुढा गरेछन् ।

उहाँहरु नेपाली कांग्रेस सुनसरीका सभापति रामवहादुर वस्नेतको घरमा बस्नु भएको थियो । सामान्य एउटा खाटमा सबै जना बसिरहनु भएको थियो । राम वहादुर वस्नेत नेपाल प्रहरीसंग पहिलेदेखी नै केही पक्षपाती हुनुहुन्थ्यो, कुरा पनि खुबै लगाउनु भएछ ।

म त्यहाँ पुग्दा त पुरै टिम एकदमै आक्रोशित देखे, टिमका पाँचै जना सदस्यले पालैपालो गृहमन्त्री र नेपाल प्रहरीको विरुध्द खूबै आक्रोश पोखे ।

सुनसरीका एसपी विदामा बसेकोलाई जुनसुकै हालतमा निलम्बन गर्नु पर्ने शर्त समेत राख्नु भयो । मैले त्यो बेलाको तराई र विशेष गरेर सुनसरीको परिस्थिती बताउदै नेपाल प्रहरीले पनि के गर्न सक्ने के गर्न नसक्ने त्यसको सीमा हुन्छ, त्यसैले त्यति कठोर बन्न उचित नहुने सुझाए ।

यस्तै घटनामा प्रहरीका अधिकारीलाई निलम्बन गर्दै जाने हो भने,अहिलेको परिस्थितिमा पूर्व क्षेत्रमा मात्रै दिनमा ४/५ जना सम्म अधिकृतहरुलाई निलम्बन गर्नु पर्ने हुन्छ, त्यसैले सामान्य कारवाहीको कुरा छुट्टै हो, निलम्बन संम्भव छैन भने, तर, उहाहरु मान्दै मान्नु भएन ।

त्यसपछि मैले, “तपाईहरुकै अगाडी म गिरीजाबाबुसंग तल माथी नगरी यथार्थ विवरण भन्छु, तपाईहरुले मसंग राख्नु भएको माँगको वारेमा पनि भन्छु , अनि उहॉले जे भन्नु हुन्छ, त्यसै अनुसार अगाडी बढौला” । तर, गिरिजाबाबु कहाँ कुरा पुर्योउने बिषय उहॉहरुले मान्नु भएन ।

साँझको ८ बज्दै थियो जस्तो लाग्छ, खाना तयार भएको खबर आयो । उहाँहरु सबै खाना लिन तल झर्नु भयो, म भने त्यही बसि रहे ्र एकैछिनमा मलाई पनि राम वहादुर वस्नेतले उहॉहरुसंगै खाना खान आग्रह गर्नु भयो, तर मैले मानिन ।

मैले खाना नखाए कसैले पनि नखाने सुशील कोइरालाज्युले अडान राखेपछि, मैले पनि मेरो माताहत अधिकृतलाई विना कसुर कारवाहीको माग गर्नेहरुसंग संगै बसेर खाना खान नसक्ने शर्त राखे।

अनि, सुशील कोइरालाज्युले “भैगो,भैगो तपाईले नै जित्नु भयो, कारवाही गर्नु पर्दैन,आउनुस संगै खाना खाऔं ” भन्नु भयो ।त्यसपछि संगै खाना खाइयाे एकदमै सामान्य खाना, एकदमै सामान्य बसाई, साधारण पोशाक, अर्थात् सबै कुरा सामान्य ।

आजकल समकालीन नेताहरुले उहाँबाट सिक्नु पर्ने धेरै कुराहरु छन् जस्तो लाग्छ । आज उनै त्याग र सादा जीवनका प्रतिमूर्ति पूर्व प्रधानमंत्री सुशील कोइरालाज्यूको ८३औं जन्मजयन्ति भावपूर्ण श्रध्दासुमन !

पूर्बसांसद् तथा पूर्वआईजीपी रविन्द्र प्रताप शाहको फेसबुकबाट