११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

वन मन्त्रालयको अनुमति नपाएर रोकिएका कामको सुरुवात हुन्छ: मन्त्री यादव

वन मन्त्रालयको अनुमति नपाएर रोकिएका कामको सुरुवात हुन्छ: मन्त्री यादव
अ अ+ अ-

पर्सा । वन तथा वातावरणमन्त्री प्रदीव यादवले मन्त्रालयले अनुमति नदिएर रोकिएका विकासका कामहरुको सुरुवात हुने बताउनु भएको छ । आज शनिवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१९ स्थित १०३।८० मिटर लम्बाई रहेको तिलावे नदी पुलको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नागरिकको आवश्यकतामा रहेका तर मन्त्रालयका कारण रोकिएका विकासका सबै कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अनुमति दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म नागरिकको सेवाका लागि मन्त्री बनेको हुँ, मन्त्रालयका कारण रोकिएका विकासका कामलाई काम गर्न अनुमति दिनेछु, नागरिकको खुशी नै मेरो खुशी हो, जनताको काम एक सेकेन्ट पनि रोक्ने छैन् ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नागरिकलाई प्रतक्ष वा अप्रतक्ष रुपमा फाईदा हुने विकासका कामहरु अनावश्यक कागजात तथा फाइलका कारण नरोक्न पनि मातहतका निकाय तथा विभागलाई निर्देशन दिएकाले जनताका काम नरोकिने दावी गर्नुभयो ।

यसैगरी मन्त्री यादवले नागरिक सहित देशलाई फाइदा हुने विकासका कामहरु कुनै बाहना तथा कारणले नरोकिने जानकारी गराउनुभयो । मन्त्री यादवले १०३।८० मिटर लम्बाई रहेको तिलावे नदी पुल निर्माणले पर्सा जिल्लाकै समग्र विकास सहित समृद्धि हुने विश्वास समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बेधन गर्नु हुँदै मन्त्री यादवले पर्सा जिल्लामा अधूरा रहेका विकास निर्माणका कामलाई सपन्न गर्न समन्वय गरीदिन भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्नु हुदै भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राईले अधुरो रहेको पर्सा–माडी–चितवन हुलाकी सडक खण्डको निर्माण छिटो सम्पन्न हुने आश्वासन दिनुभयो । यसैगरी मन्त्री राईले हुलाकी सडकको वाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकिय स्थलको रुपमा विकास गरिने बताउनुभयो ।

पर्सा जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकमा रहेको उक्त तिलावे नदिमा रु ७ करोड ७१ लाखको लागतमा १०३.८० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको उक्त पुल ठेक्का सम्झौता भएको सात वर्ष पछि निर्माण सम्पन्न भएको हो । उक्त पुल ठेकेदार पप्पू–लुम्बिनी जेभीले निर्माण गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा आयोजना गरिएको उक्त पुल उद्घाटन कार्यक्रममा सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम,जन्नत अन्सारी, वीरगञ्ज माहनगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो । रासस