५ पुष २०८२, शनिबार
,
Latest
पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा काँडेतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउनु भयो । नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने भन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ । कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ । मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतबिरोधी भनेर प्रचार गरिन्छ ।

राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ । हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ । यो बेला नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने की, नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिने भन्ने हो । हामीलाई पर्खाल र तारले भन्दापनि भावनाले राष्ट्रियता जगाउन आवश्यक छ ।’

नेता खतिवडाले देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउनु नहुने पनि बताउनु भयो ।