११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताउनु भयो । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गर्नुभयो । उहाँले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिनुभयो । उहाँले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एशिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ । पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ । युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’

उहाँले नेपालको इतिहासमा सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताउनु भयो । उहाँले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताउनु भयो । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताउनु भयो । उहाँले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले पासवर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण बढीरहेको बताउनु भयो । उहाँले खुला सीमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा सुगौली सन्धीदेखि नेपालको राष्ट्रिय स्वाधिनता एकप्रकारले कुण्ठित हुँदै आइरहेको छ । सीमाना खुम्चिएको अवस्था छ । तर खुम्चिएको सीमाना पनि व्यवस्थित हुन सकेको छैन । नियन्त्रित हुन सकेको छैन । खुला सीमानाको अवस्था छ । संसारका प्रायः सबै मुलुकको सीमाना बन्द छ, सीमाना नियन्त्रित छ । भिसा, पासवर्डको व्यवस्था छ । तर विडम्वना हाम्रो र भारतबीच अझैसम्म खुला सीमाना छ । खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढीरहेको समस्या परेको छ ।

राजश्व छलीकको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ । यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ । यो स्थितिमा सीमा नियन्त्रित गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ, पासवर्ड र भिसाको व्यवस्था गर्नुपर्छ । पछिल्लो समय सीमा अतिक्रमण झनै बढ्दै गइरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण हुनुका साथै थुप्रै स्थानमा सीमा अतिक्रमण भइरहेको छ । राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न सकिएन । नियतवश खुला सीमाना राखेकाले अतिक्रमणको प्रक्रिया रहिरहेको छ । यसकै कारण नेपाल अर्ध उपनिवेशको रुपमा आइरहेको छ ।’

उहाँले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताउनु भयो । उहाँले खुला सीमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताउनु भयो ।