२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई खतिवडाको प्रश्नः देशको सीमाना कति मिचियो भन्न सक्नुहुन्छ ?



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा नरहेको बताउनु भयो । उहाँले मेची र महाकाली सीमाना भनिरहँदा त्यसबीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताउनु भयो । उहाँले देशमा आफ्नै नागरिक शरणाथी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई सोधेको थिएँ, के तपाईलाई मेरो देशको चार किल्ला ठ्याक्कै यो ठाउँमा हो भन्ने थाहा छ ? भनेर सोधेको थिएँ । आज मैले फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र काली भित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन्छ ? राजनीतिक दलका नेताहरुले, पार्टीका अध्यक्षहरुले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न । देशको यो भूभाग यहीँ छ भनेर देखाइदिए सबै नेताहरु त्यही दिन देशभक्त र क्रान्तिकारी ठहरिनेछन् । आफ्नै नागरिकहरु देशभित्र शरणार्थीको रुपमा बस्न बाध्य छन् तर राज्य सत्ता मौन छ । निःशब्द छ ।’

उहाँले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताउनु भयो ।