११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

आफ्नै नेतृत्वमा दल दर्ता गर्न विवेकशील साझाका रवीन्द्र मिश्रको प्रस्ताव

आफ्नै नेतृत्वमा दल दर्ता गर्न विवेकशील साझाका रवीन्द्र मिश्रको प्रस्ताव
रविन्द्र मिश्र (फाइल तस्वीर)
अ अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका छन् । पार्टी अध्यक्षबाट गत जेठ ११ गते राजीनामा दिएका मिश्रले पार्टीमा अध्यक्ष चुन्न सहमति जुट्न असम्भव भएको भन्दै आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि हारको जिम्मा लिँदै मिश्रले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छ र विवेकशील साझा पार्टीले अहिलेसम्म नयाँ अध्यक्ष चुन्न सकेको छैन ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि यही साउन ३१ गतेभित्र दल दर्ता गर्नुपर्ने समय दिएको छ । “पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन,’ उनले पार्टीमा प्रस्ताव राखेका छन्, ‘कानूनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन ।’

मिश्रको भनाइ यस्तो छ:

आदरणीय साथीहरू,

मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झण्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन।

यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ। दल दर्ता नगर्नु देशका विभिन्न ठाऊँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ।

दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित शर्तहरू पुरा गर्नु पर्छ। पार्टीमा अढाई महिनादेखि बहूमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै संभावना देखिँदैन। नयाँ नेतृत्व निर्वाचन आयोगले अध्यावधिक गरेपछि मात्र उसकोरउनको हष्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन।

कानूनतस् म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु। यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

१. अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन। बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरून्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ। हामीले विगतमा पनि आपतकालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आइ मिनेट बुकमा हष्ताक्षर गर्ने गर्दछन्। बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हष्ताक्षर मागिने छ।

२. यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै संभावना देखिँदैन। नयाँ नेतृत्व ९अध्यक्ष० का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर भोली बुधबार नै पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हष्ताक्षर गरिदिन आग्रह गर्दछु। राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भिर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु।

यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो। सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनु पर्नेछ। पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु।

स–श्रद्धा
रवीन्द्र मिश्र