११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै
अ अ+ अ-

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजेशुरु हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालेराष्ट्रिय सभाको सन्देश सहितको “तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफलसदनमा गरियोस्” भन्ने प्रस्ताब प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देशसहितको “तथ्याङ्क विधेयक, २०७८” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको “तथ्याङ्क विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९” माथि प्राप्तसंशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्” भन्ने प्रस्तुत  गर्नुहुने, खानेपानी मन्त्री उमाकान्त चौधरीले “खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएकोसंशोधनमाथि विचार गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, भौतिकपूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाकोसन्देश सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरणविधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्” भनि प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” माथि प्राप्त संशोधनहरुलाईनिर्णयार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मदइस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको “शहरी क्षेत्र सावर्ज निकयातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्तमन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानून, न्यायतथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले नेपाल सरकार,मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउफुकाउ आदेश सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीदेवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथिप्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।