१२ पुष २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ मेलबर्न टेस्टः भारत फलोअनको खतरामा अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने चिसोबाट जोगिन प्राधिकरणको अनुरोध भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा ओलीको जोड



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो । सामूदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पार्नु भयो ।

सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुप¥यो । र, त्यसको सदूपयोग पनि हुनुपर्यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्याउने कुरामा जोड दिनु पर्दछ ।

हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदिकुरा देखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ । तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ । सामूदायिक वनमार्फत् राज्यलाई पुर्याउने योगदान, विश्वलाई पुर्याउने योगदान, सिंगो मानव जातिका लागि पुर्याउने योगदान पृथ्वीमै पु¥याउने योगदान महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदूपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राख्नु भयो । उहाँले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनु भयो ।