७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन नेतालाई जिताउन मात्र हैन: मन्त्री कार्की



file
अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।

“गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो । उहाँले आगामी दिनमा गठबन्धन कायम राख्दै आउँदो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताउनुभयो ।

मन्त्री कार्कीले निर्वाचनपश्चात् पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “संविधानको रक्षा, मुलुकमा कानूनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै मुलुकलाई सोही दिशातर्फ अघि बढाएको छ ।” मुलुकलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान यो सरकार गठन भएको उहाँको जिकिर थियो ।

गठबन्धनको चुनावी तालमेल कार्यदलले के के गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले कार्यदलको बैठक सुरु भई सकारात्मकरूपमा अघि बढेकाले कार्यदलले कसरी, कुन कुन पार्टीलाई एकजुट बनाएर लैजाने भन्ने छलफल गरेर छिट्टै शीर्षस्थ नेतृत्वलाई प्रतिवेदन दिन्छ भन्नुभयो । “राजनीतिमा पावर शेयरिङ पनि महत्वपूर्ण विषय हो, यसबारे गम्भीर छलफल हुन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री कार्कीले मुलुक स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र प्रतिनिभिसभाको निर्वाचन उन्मुख भएको उल्लेख गर्दै त्यस निर्वाचनले लोकतन्त्रको जगलाई अझ मजबुत बनाएको दाबी गर्नुभयो । उहाँले स्थानीय निर्वाचनमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आगामी मङ्सिर ४ गते सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो निर्वाचनले मुलुकलाई संविधानको परिकल्पनाअनुसार नेपालीको समृद्ध बन्ने आकांक्षालाई मूर्तरूप दिन नेपाली कांग्रेसलाई अग्रणी पार्टीका रूपमा स्थापित गर्नुपर्ने आजको दायित्व हो ।” उहाँले फरक प्रसङ्गमा नेपाल दक्षिण एशियामा नै कोभिडविरुद्धको खोपमा अग्रणी देशका रूपमा स्थापित भएको बताउनुभयो । कार्यक्रम युनियनका जिल्लाध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।