२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनपछि सांसदको संख्या बढी हुने खतरा छः खगराज अधिकारी



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरु हुने जोखिम रहेको बताउनुभएको छ । मंगलवार संसद बाहिर सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदरुहको त्यसपछि समय सकिएपछि मनोनयन नगर्ने सांसदरुको समय आगामी फागुन २१ गतेसम्म रहने कुरा रहेको बताउनु भयो । उहाँलै कुनैपनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा र भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा विदेशीका लागि कम्फरटेबल हुनेहरु र देशका लागि कम्फरटेबल हुनेहरुबीचको प्रतिष्पर्धा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हाम्रो निर्वाचन चिन्हमा र हाम्रो विचारसँग सहमत हुने सबैलाई मुल ढोका खुला छ । राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा यो भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा उहाँहरु विदेशीका लागि कम्फरटेबल हुनेहरु गठबन्धन गर्दै जान्छन्, हामी देशका लागि कम्फरटेबल हुनेहरु जो छौँ मिल्छौँ । हामी हाम्रै खुट्टामा उभिन्छौँ । हामीलाई वित्तिय गठबन्धन गर्नु छैन ।

मनोनयन दर्ता गरेपछि अवधि सकियो भन्नेछ, मनोनयन दर्ता नगर्नेको फागुन २१ गते भनेर व्याख्या गर्न बेर छैन । शपथ खाएको दिनसम्म भन्न बेर छैन । सांसदहरु एकै पटक धेरै हुने भए । तोकिएको संविधानको सीमा भन्दापनि बढी हुने भए । निर्वाचित भएर आएका र शपथ २१ गते भएकोले ती पनि हुनेभए । त्यो बेलासम्म हुन्छ भनेर मुद्दा हाल्यो भने यो अदालतले त ती पनि हुन् भन्ने भयो । यस्तो गन्जागोल यही गठबन्धनले पारेको हो ।’

सांसद अधिकारीले आगामी संघ र प्रदेश सदस्य निर्वाचनमा आफ्नो निर्वाचन चिन्ह र विचारसँग सहमत हुनेहरुसँग कतिपय ठाउँमा मिलेर जाने बताउनु भयो ।