२९ भाद्र २०८३, सोमबार
,
Latest
संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले पाइप बगाउँदा पानीको हाहाकार



अ+ अ-

नवलपुर । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ ।  पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले असर पुर्‍याउँदा खानेपानीको समस्या भएको बताउनुभयो । “पहिराले खानेपानीको मुहानमा असर पु¥याएको छ”, पुलामीले भन्नुभयो, “बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई  किलोमिटर पाइप नै बगाएको छ ।” अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताउनुभयो । 

पानीको आपूर्ति पूर्णरुपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधूरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताउनुभयो । मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उहाँको भनाइ छ । विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी (मूल निस्किएको ठाउँ) को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिराले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ ।

हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताउनुभयो । असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पुर्‍याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको मगरको भनाइ छ । (रासस)