३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा सत्तारुढ दलका वरिष्ठ नेता र प्रचण्डाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच भेटवार्ता भएको छ । पाँच दिनको जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले मंगलबार पूर्वअर्थ, व्यापार तथा उद्योगमन्त्रीसमेत रहेका जापानी नेता निक्कईसँग भेटवार्ता गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डको फेसबुक पेजमा जारी सूचनाअनुसार भेटका क्रममा दुई मुलुकबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन उच्च तहका भ्रमणहरुको आदानप्रदानबारे छलफल भएको थियो । नेपालको कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।




भर्खरै