२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका ज्योतिष भन्नुहुन्छ: नागरिकता विधेयक अशुभ र निन्दनीय छ !



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुन बाँकी नागरिकता विधेयक अत्यन्तै अशुभ र निन्दनीय रहेको जनाउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत नागरिकता विधेयक थोरै व्यक्तिलाई फाइदा र आम नेपालीहरुको मुटु पोल्ने गरी ल्याउन लागिएको उल्लेख गर्नुभएको छ

रिजालले भन्नुभएको छ “संसदवाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको उक्त विधेयक राष्ट्र र राष्ट्रियताको पक्षमा नभएको सर्वविदितै छ । राष्ट्रियतामाथि बाधा पुर्‍याउने कुनै पनि सम्झौता राष्ट्र प्रमुखले प्राप्त गर्ने अधिकार प्रयोग गरी राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक रद्द गर्नुभयो भने सम्पूर्ण नेपाली तथा पशुपतिनाथको पूर्ण आशिर्वाद मिल्नेछ ।”

ज्योतिष रिजालले विसं २०७४ को निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भन्नुभएको थियो । त्यतिबेला नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ‘कांग्रेसबाट देउवा नै अन्तिम प्रधानमन्त्री’ बताउनुभएको थियो । विसं २०७४ को आम निर्वाचन गराउने तत्कालीन प्रधानमन्त्री देउवाले त्यसको भोलिपल्टै कैलालीमा ओलीको भनाइप्रति टिप्पणी गर्दै आफूलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने भनेको बताउनुभएको थियो ।

सो निर्वाचनमा चुनावी तालमेल गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले करिब दुई तिहाई मत हासिल गरेका थिए र एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि शत्तिशाली प्रधानमन्त्री बने पनि पछि पार्टी विभाजन भएपछि नेपाली कांग्रेसबाट देउवा पुनः प्रधानमन्त्री बन्नुभएको हो ।

ज्योतिषसम्बन्धी भविष्यवाणीमा ज्योतिष रिजाललाई अत्यन्त विश्वास गर्ने देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणा पनि उनकै सल्लाहमा गरेको बताइएको छ ।