११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

सार्वजनिक यातायातको मनलाग्दी भाडा असुलबारे संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन

सार्वजनिक यातायातको मनलाग्दी भाडा असुलबारे संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनु भयो । उहाँले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिनुभयो । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिनुभयो ।

उहाँले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘ सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन समिति भौतिक तथा उर्जा मन्त्रालयलाई निर्देशन गर्दछ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीब्र रुपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।

नेपालको भूबनावटका कारण विभिन्न भागहरुमा अपनाउँदै आएको परम्परागत दृष्टिकोणको कारण हाम्रा विकासका पूर्वाधारहरु दिगो र गुणस्तर हुन नसकेको अर्थाथलाई ध्यानमा राखि वातावरण,प्रविधि मैत्री र गुणस्तरीय विकास निर्माण सहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको उपयुक्त महल अवलम्वन गरी तत्काल अध्ययन गरी कानून ल्याउन समिति नेपाल सरकार मन्त्रीपरिषद्को कार्यलय र भौतिक मन्त्रालयलाई निर्देशन गर्दछ ।

सार्वजनिक यातायातको भाडादर पेट्रोलियम पदार्थको मूल्य समायोजन समेत वैज्ञानिक ढङगले स्वचालित प्रणाली अपनाएको भएपनि सार्वजनिक यातायातले मनोमानी रुपमा भाडा असुल्ने सर्वसाधरणको गुनासो आएको कारण यसको नियमित रुपमा भरपर्दा अनुगमन गर्न र संस्थागत संयन्त्र तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन समिति भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिनुभयो ।