११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

अर्थमन्त्रीको मातहतमा कुनै पनि कर्मचारी बस्न चाहेका छैनन्ः प्रदीपकुमार ज्ञवाली (भिडियो)

अर्थमन्त्रीको मातहतमा कुनै पनि कर्मचारी बस्न चाहेका छैनन्ः प्रदीपकुमार ज्ञवाली (भिडियो)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दावी गर्नु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानवीन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उहाँको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकीर समेत गर्नु भयो ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिवनै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनि प्रश्न गर्नु भयो । कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरु हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अस्ती सार्वजनिक समाचार माध्याममा एउटा समाचार आएपछि मुलुकको राज्य प्रणाली, मुलुकको प्रशासन संयन्त्र र यो प्रशासन संयन्त्रलाई सरकारले कसरी चलाउन चाहिरहेको छ भन्नेबारेमा केही गम्भिर प्रश्नहरु उठे । त्यो सन्दर्भ थियो–अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भईरहेका छैनन् । र, अहिले राजस्व सचिवको रुपमा भूमिका निर्वाह गरिरहनु भएका सचिवलाई नै अर्थ सचिवको जिम्मेवारी पनि दिइएको छ ।

कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो । र, त्यहाँ सचिवहरु जानका लागि हानाथाप जस्तै हुन्थ्यो । तर, आज यो सरकारको कतिपय क्रियाकलापहरुले त्यहाँ काम गरिरहेका सचिवहरु सरुवा माग्ने, अरु कर्मचारीहरु त्यहाँ बस्न नचाहने यो स्थिति सृजना भएको छ । यसको स्रोत कहाँ हो सभामुख महोदय । यसको स्रोत त्यो हो, जहाँ जेष्ठ १४ गते मध्यराति बजेट बनउने क्रममा करका दरहरु हेरफेर गर्ने क्रममा जे जस्ता घटनाक्रमहरु भए । त्यसका सह उत्पादनहरु आज देशको भोग्नु परिरहेको अवस्था छ । त्यस सम्बन्धमा हामीले छानवीन समिति बनायौं ।

छानवीन समितिले एउटा रिर्पोट दिइसकेको छ । म त्यसमा धेरै जान चाहन्न । खाली मैले यो संसदमा रकेर्ड गराउन चाहेको के हो भने छानवीन समितिले सम्पूर्ण अंगहरु पूरा गर्न पाएन । छानवीनका जतिपनि अवयवहरु हुन्छन । जति कामहरु हुन्छन । किनभने त्यहाँ जे रिकभर भएको फुटेज हो, त्यस दिन त्यहाँ कोही प्रवेश गरेको थिएन वा गरेको थियो ? त्यो पनि भन्न मिल्दैन त्यहाँ । त्यस पछाडि अध्ययनका लागि, अनुसन्धानका लागि जे जति कामहरु गरिनुपथ्र्यो ।

भिडियोलगायतका अन्य विषयहरु ती केही पनि काम गर्न पाएन । र, समितिमा विरलै देखिने र हुन नहुने संसदीय छानवीन समितिहरु अल्पमत र बहुमत होइन् । तथ्यमा आधारित भएर निष्कर्ष निकाल्नुपर्ने त्यो विधि फलो भएन । र, अधुरो, अपुरो अध्ययनको आधारमा जे रिर्पाेट आयो । त्यसको परिणाम आज अर्थ मन्त्रालयमा कर्मचारीहरु भागाभाग हुनुपर्ने परिस्थिति आएको हो । देशको अर्थतन्त्र गम्भिर अवस्थामा छ । हामीले यो संसदमा पटकपटक रेकर्ड गराईरहेका छौं । तर अर्थमन्त्रीजी घरी गभर्नर नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गर्नु हुन्छ । घरी उहाँको मातहत बस्न कोही पनि कर्मचारी तयार हुँदैनन् । यो कुराले सरकारलाई प्रधानमन्त्रीलाई कहीँकतै पोल्दैन ? ’

उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पार्नु भयो ।