११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

वनको जग्गा एक बित्ता पनि अतिक्रमण हुन दिन्नः मन्त्री यादव

वनको जग्गा एक बित्ता पनि अतिक्रमण हुन दिन्नः मन्त्री यादव
अ अ+ अ-

काठमाडौ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताउनु भएको छ । आज शनिवार सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वन रक्षक व्यारेक भवनको उद्घाटन गर्नु हुर्दै मन्त्री यादवले आफनो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरियो वन नेपालको धन हो, आफनो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन्, वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।” यसैगरी मन्त्री यादवले सुकुमवासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमण मूक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुमवासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुदै मन्त्री यादवले वन र जङ्गल हाम्रो साझा सम्पति भएको र आफ्नो सम्पती रक्षा गर्न सबैले कटिबद्ध हुनुपर्ने जिकिर गर्नुभयो । पछिल्लो केही समय यता सरकारी वनको जग्गामाथी गलत मनयसाय बोकेका केही भूमाफिया, तस्करहरुले आँखा गडीरहेकाले उनीहरुका सपना पुरा हुन नदिने बचन बद्धता व्यक्त गर्नुभयो ।

मन्त्री यादवले थप भन्नुभयो, “भूमाफिया, तस्करहरुले वनको जग्गामा आँखा गडाएका छन्, वन फडानीमा सम्लग्न तस्करलाई कुनै हालतमा उन्मुक्ति दिने छैन् ।” जङ्गल बिनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जङगलको संरक्षण गर्नका लागि वन माफियालाई तह लगाउने कार्यमा सबैको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । मधेशमा रहेको सिमित वन क्षेत्रलाई जोगाउन आफु प्रतिबद्ध रहेको र मन्त्रालय मातहातका विभाग र निकायहरुलाई यसको संरक्षण र प्रवर्द्धनका लागि आवश्यकता अनुसार काम गर्न निर्देशन दिएको मन्त्री यादवले जानकारी गराउनुभयो ।

मन्त्री यादवले वाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआव्जा पाइसकेका टाँगियावस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि मन्त्रालयबाट अनुमति दिइने जानकारी गराउनुभयो । उहाँले थप भन्नुभयो, “मुआव्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न दिइने छैन ।”

यसैगरी मन्त्री यादवले वाराको निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पार्नुभयो । “रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआव्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर विमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।” मन्त्री यादवले भन्नुभयो ।

सोही कार्यक्रममा बोल्नु हुदै मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफु जुनसुक्कै कदम चाल्न पछि नहट्ने बताउँनु हुदै उहाँले मन्त्रालयको निर्देशन वमोजिम वन जङ्गलको संरक्षणका लागि काम गर्न वन रक्षक लगायत सबै कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

एक छुट्टै प्रसङ्गमा बोल्नु हुदै मन्त्री यादवले वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर भएपनि वन जङ्गल संरक्षणमा तदारुक्ता देखाउन आग्रह गर्नुभयो । तस्करसँग मिलेर काठ, ढुङ्गा र गिट्टीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउँनु हुदै उहाँले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गर्नुभयो ।

राम्रो काम गर्ने कर्मचारीलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउनु हुँदै मन्त्री यादवले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिनुभयो । निकट भविष्यमै वन तथा वातावरण मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउनु हुदै मन्त्री यादवले त्यसको लागि आवश्यक तयारी भइरहेको जानकारी गराउनुभयो ।

बाघको संख्या बढेको भन्दै विश्वव्यापी रुपमा नेपालको चर्चा चलीरहेको बताउँनु हुदै मन्त्री यादवले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो । वन तथा भू–संरक्षण विभागको वार्षिक कार्यक्रम अन्र्तगत निर्मित भवनको उद्घाटनपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले वन रक्षकमा अपर्याप्त जनशक्ति हुँदा अपेक्षित काम हुन नसकेको हुँदा केही दिनभित्रै केही थप सङ्ख्यामा वन रक्षक भर्ना गरिने जानकारी दिनुभयो ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ति गर्नुपर्नेमा जोड दिँनु हुदै उहाँले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राना समेत गर्नुभयो । त्यसैगरी सर्लाही क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह तप्का तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।