२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा एक दिनमा एक लाख १० हजार सङ्क्रमित



अ+ अ-

सोल । दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।

एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ ।