११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

छैटौँ प्रतिनिधिसभाका लागि मङ्सिर ४ गते निर्वाचन

छैटौँ प्रतिनिधिसभाका लागि मङ्सिर ४ गते निर्वाचन
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी बिहीबार मिति तोेकेको छ । यस निर्वाचनमार्फत नेपालमा छैटौँ प्रतिनिधिसभाको गठन हुनेछ । नेपालको संविधानअनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम निर्वाचित हुने १६५ सदस्य र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० प्रतिनिधि सभा गठन हुन्छ । यसैगरी सातै प्रदेशमा संविधानले व्यवस्था गरेअनुरुप प्रतिनिधिसभाको निर्वाचनसँगै प्रदेशसभाका लागि पनि निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।

नेपालमा हालसम्म विसं २०१६, २०४८, २०५१, २०५६ र २०७४ गरी पाँच पटक भएको निर्वाचनमार्फत प्रतिनिधिसभाको गठन भएको थियो भने २०६४ र २०७० मा संविधा सभा सदस्यको निर्वाचन भएको थियो । संविधानसभा कालमा उक्त सभाले व्यवस्थापिका–संसद्को समेत काम गरेको थियो । नेपालमा प्रतिनिधिसभाको निर्वाचनको इतिहास हेर्ने हो भने विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो । त्यसको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो ।

प्रतिनिधिसभाको उक्त निर्वाचनमा नौ राजनीतिक दलले उम्मेदवारी दिएकामा छ राजनीतिक दलका उम्मेदवार विजयी भएका थिए । उक्त निर्वाचनमा १०९ सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले ७४ स्थानमा विजयी हासिल गरेको थियो । नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजा परिषद्ले (आचार्य गुट) दुई, नेपाल प्रजा परिषद्ले (मिश्र गुट) एक र चार स्वतन्त्र सदस्य विजयी भएका थिए ।

नेपाल अधिराज्यको संविधान २०४७ प्रारम्भ भएपछि प्रतिनिधिसभामा २०५ स्थानका लागि २०४८ साल वैशाख २९ गते आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा नेपाली कांग्रेसले ११० स्थानमा विजय हासिल गरेको थियो । यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ६९, संयुक्त जनमोर्चा नेपालले नौ, नेपाल सदभावना पार्टीले छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)ले तीन, नेपाल मजदुर किसान पार्टीले दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)ले एक, र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए ।

विसं २०५१ कात्तिक २९ गते प्रतिनिधिसभाका लागि तेस्रो पटक आमनिर्वाचन सम्पन्न भएको थियो । २०५ सदस्यका लागि भएको सो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ८८, नेपाली कांग्रेसले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल सद्भावना पार्टीले तीन, नेपाल मजदुर किसान पार्टीले चार र स्वतन्त्रले सात स्थानमा विजय हासिल गरेका थिए ।

नेपालमा प्रतिनिधिसभाका लागि चौथो पटक २०५६ सालमा दुई चरणमा आमनिर्वाचन सम्पन्न भएको थियो । २०५सदस्यीय सो निर्वाचनमा नेपाली कांग्रेसले १११, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११, नेपाल सद्भावना पार्टीले पाँच, संयुक्त जनमोर्चा नेपालले पाँच, राष्ट्रिय जनमोर्चाले एक र नेपाल मजदुर किसान पार्टीले एक स्थानमा विजयी हासिल गरेका थिए ।

अवधि पूरा नहुँदै विघटनमा परेको उक्त प्रतिनिधिसभाको विसं २०६२/०६३ मा भएको जनआन्दोलनको परिणामस्वरुप वैशाख ११ गते पुनःस्थापना गरिएको थियो । यसैगरी तत्कालीन विद्रोही नेकपा माओवादी र आन्दोलनरत सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र ११ बुँदे सम्झौतापछि पुनःस्थापित प्रतिनिधिसभालाई रुपान्तरण गरी २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम ३२९ सदस्यीय व्यवस्थापिका–संसद् गठन गरिएको थियो ।

नेपालको इतिहासमा पहिलोपटक २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार प्रत्यक्ष, समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत गरी ६०१ सदस्यीय संविधानसभा गठन भएको थियो । सो सभाले व्यवस्थापिका–संसद्को समेत भूमिका निर्वाह गरेको थियो । संविधानसभामा मान्यता प्राप्त २५ दल थिए ।

संविधान निर्माण नहुँदै पहिलो संविधानसभा विघटन भएकाले २०७० मङ्सिर ४ गते पुनः दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । संविधानमा भएको व्यवस्थाबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीबाट २४० र समानुपातिक निर्वाचन प्रणालीबाट ३३५ र मन्त्रिपरिषद्बाट २६ मनोनीत सदस्य रहने व्यवस्था थियो । पहिलो संविधानसभाको झैँ यस संविधानसभाले पनि व्यवस्थापिका–संसद्को समेत कार्य गरेको थियो । संविधानसभाबाट नेपालको संविधान जारीभएपछि प्रतिनिधिसभाका लागि पाँचौँ पटक २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा आम निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचनमा सङ्घीय व्यवस्थाअनुसार पहिलोपटक सातै प्रदेशका प्रदेशसभाको पनि निर्वाचन पनि प्रतिनिधिसभाको निर्वाचनसँगै सम्पन्न भएको थियो । उक्त निर्वाचनमा प्रतिनिधिसभामा रहने कूल २७५ मध्ये १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनबाट र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्यको निर्वाचन भएको थियो ।

यस निर्वाचनमा नेकपा (एमाले) १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ५३, राष्ट्रिय जनता पार्टी नेपाल १७, सङ्घीय समाजवादी फोरम नेपाल १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी र स्वतन्त्र एक/एक स्थानमा विजयी भएका थिए ।