५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिपः माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली भारतले भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।

भारतले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पाँच राष्ट्र सहभागी भएको च्याम्पियनसिपमा शीर्ष दुई टोली उपाधिका लागि भिड्ने भएका हुन् । अब उपाधिका लागि साउन २० गते भारत र बंगलादेश भिड्नेछन् ।

यसै खेलको नतिजाको प्रतिक्षमा रहेको नेपालले भने फाइनल खेल्न चुकेको छ । यदि भारत माल्दिभ्ससँग पराजित भएको खण्डमा नेपालले फाइनल खेल्ने थियो ।