१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिपः माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली भारतले भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।

भारतले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पाँच राष्ट्र सहभागी भएको च्याम्पियनसिपमा शीर्ष दुई टोली उपाधिका लागि भिड्ने भएका हुन् । अब उपाधिका लागि साउन २० गते भारत र बंगलादेश भिड्नेछन् ।

यसै खेलको नतिजाको प्रतिक्षमा रहेको नेपालले भने फाइनल खेल्न चुकेको छ । यदि भारत माल्दिभ्ससँग पराजित भएको खण्डमा नेपालले फाइनल खेल्ने थियो ।