• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित

चलचित्र ‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारको तीन गोल (फोटोसहित)



काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।

आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को जित दर्ज गराएको हो । पत्रकारको तर्फबाट तीनै गोल रंग पत्रकार विजय आवाजले हानेका थिए । ‘प्रेमगञ्ज’ टोलीले फर्काएको दुई गोल फिल्मका मुख्य अभिनेता तेज गिरीले प्रहार गरेका थिए ।

फिल्मको तर्फबाट अभिनेता तेज गिरीबाहेक अभिनेत्री बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल र सिमरन खड्का मैदानमा उत्रिएका थिए ।

साउन १५ मा खीर खाने कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा फिल्मको टोलीले पत्रकारसँग फिल्मलाई लिएर अन्र्तक्रियासमेत आयोजना गरेको थियो । निर्देशक परिच्छेदसहित उपस्थित कार्यक्रममा निर्देशक तथा कलाकारले फिल्मले प्रेमका आयामलाई फरक उमेर समूहको प्रेम अभिव्यक्तिमार्फत देखाउने प्रयास गरेको बताएका थिए ।

‘हामी खुसी हुँदा होस् वा दुःखी एकचोटि विगतमा फर्कन्छौँ नै । यो फिल्मले पनि हाम्रो प्रेम अनुभवलाई सम्झाउँदै विगतमा लैजान्छ,’ अभिनेता तेज गिरीले भने, ‘एउटा रोमान्टिक फिल्म बनाउने हाम्रो प्रयास थियो । ट्रेलरपछि आएको प्रतिक्रियाले हामी प्रयासको नजिक पुगेको आभास भएको छ । बाँकी त फिल्म हेरेपछि नै प्रतिक्रिया आउला ।’

निर्देशक परिच्छेद सेनले आफूलाई डेब्यूका लागि अरु कथा पनि हुँदाहुँदै यो कथा छान्नमा विशेष कारण रहेको बताए । ‘मसँग भन्नलाई धेरै कथा थिए तर यही कथा छान्नुको कारण चाहिँ बजारको पनि लोभ हो,’ उनले कलात्मक फिल्मले अपेक्षित व्यापार नगरिरहेको तर्फ संकेत गर्दै भने, ‘ त्यही कारण हामीले सबैभन्दा पुरानो तर सदाबहार कथा, प्रेमकथा लिएर आएका हौँ ।’

अभिनेत्री बेनिशा हमालले पनि फिल्ममा आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको बताएकी थिइन् । ट्रेलरमा बेनिशाले को एक्टर तेज गिरीलाई दुःख दिएका दृश्यले ठाउँ पाएका छन् । बेनिशाले प्रेमीलाई माया गर्ने एउटा तरिका ‘हर्ट’ गर्नु पनि रहेको र फिल्मका ती दृश्यले यही भाव अभिव्यक्त गरेको बताइन् ।

‘माया गर्ने मान्छेलाई जे मन पर्दैन त्यही गर्नु पनि माया हो । म फिल्म भित्रको चरित्रलाई माया गर्छु तर उसले माया नगरोस् भन्ने चाहान्छु । यही कारण उसलाई जे जे मन पर्दैन त्यही त्यही गर्छु । एकदमै रोचक भूमिका छ मेरो,’बेनिशाले भनिन् ।

कार्यक्रममा सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काले पनि फिल्मको आफ्नो अनुभव सुनाएका थिए ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म आउँदो भदौ ३ मा प्रदर्शनमा आउँदैछ ।