४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट
symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर रु तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो । सो उपसमूहको शेयर मूल्य १२.०४ अङ्कले ओरालो लाग्यो । त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अङ्कले उकालो लागेका छन् ।

बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ बराबर पुगेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट आज पनि शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ९४ लाख ११ हजार ८०८ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु १२ करोड ३५ लाख ४३ हजार ६७६, गुर्खाज फाइनान्स रु आठ करोड ९२ लाख २१ हजार ७०८, नेष्डो समृद्धि लघुवित्त रु आठ करोड ४८ लाख ४१ हजार २३६ र युनिभर्सल पावर रु आठ करोड ४१ लाख चार हजार ६४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यसमा जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त छन् ।