८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमानवीय व्यवहार गर्ने युटुुबर पक्राउ



अ+ अ-

काठमाडौँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ ।

नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ ।