११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

प्रतिनिधिसभाको शून्य समयमा सांसदले के भने ?

प्रतिनिधिसभाको शून्य समयमा सांसदले के भने ?
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले नेपाललाई सम्पती शुद्धिकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । थापाले सम्पती शुद्धिकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गर्नुभयो । उहाँले नेपालमा सम्पती शुद्धिकरण सम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापकर कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेका पनि बताउनु भयो । थापाले नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एशिया प्यासिफिक ग्रुप अफ मनी लन्डिरिङको सदस्य हो । यसले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्दैछ । यस्तो मुल्याङ्कन हाम्रो कानूनी व्यवस्था र यसको कार्यान्वयन र प्रभावकारीताको आधारमा गरिन्छ । मनी लन्डिरिङ सम्बन्धि कानून प्राप्त नबनि सकेको,बनेको कानून पनि प्राप्त कार्यान्वयन नभएको, व्यापक कर छली बढ्दो भष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो देशको यस्तो मूल्याङकन अति जोखिममा रहेको छ । विगतमा कालोसूचीमा पर्दापदै बचेको भएपनि यो पटक बच्न नसक्ने सम्भवना छैन । कालोसूचीमा नेपाल परो भने नेपालको अन्तराष्ट्रिय कारोबार बन्द हुने,एलसी खोल्न नपाउने यस्तो अवस्था हामीले कल्पना पनि गर्न सक्दैनौं । नेपालको मूल्याङ्कनमा ४० वटा सूचकको अवस्था के छ । कालोसूचीमा पर्ने सम्भावना बढ्दै गएको हो भने कालोसूचीमा पर्न नदिन सरकारले केके गरिरहेको छ । अभिलम्ब संसदलाई सरकारले जानकारी दिन आग्रह गर्दछु ।’

त्यस्तै,प्रतिनिधि सभा सदस्य अञ्जना विशुङ्खे अष्टे«लियामा हुन थालेको आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाउन लागेको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले सरकारले एमसीसी आइपीसको सदस्य अंग नभएको भन्दै नेपालको संसदबाट एमसीसी पास गर्ने अनि त्यी आइपीसको सम्मेलनमा सेनापति सहभागिको लागि पठाएर सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिचेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलन अष्टे«लियाको मेलवनमा शुरु भएको छ । नेपाल आइपीएसको सदस्य अंग होइन भनेर एमसीसी संसदबाट पारित गराउँदा यसैसँग १२ बुँदे घोषणा समेत संसदबाट पारित गराइएको थियो । जसमा एमसीसी आइपीएसको अंग हुनेछैन भनेर उल्लेख गरिएको थियो । तर यो निर्णयलाई लत्याएर सरकारले नेपाली सेनाका प्रधानसेनापतिलाई आइपीएसको सम्मेलन कुन हैसियतले सहभागिता जनाउन पठायो । यसको जवाफ सभामुखमार्फत सरकारसँग माग गर्दछु । सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिच्न पाइँदैन । सरकारले यो नीतिलाई बेवास्ता गर्न थालियो भने नेपालको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विखण्डित हुनेछ ।’

त्यस्तै सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फेन्समा भाग लिन जाने प्रधानसेना पतिको भ्रमण मन्त्रीपरिषद्बाट भइरहेको कुरा साचो भए तत्काल सच्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो देशको भूराजनीतिक अवस्थामा र संवेदशीलता विषय नेपालीको लागि चासोको विषय इतिहासदेखि भइरहेको छ । भर्खर मात्रै नेपाल सरकारले एसपीपीमा सहभागी नहुने निर्णय ग¥यो । तर यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फ्रेन्समा भाग लिन जाने प्रधानसेना पतिको भ्रमण मन्त्रीपरिषद्बाट भइरहेको कुरा साचो हो । सोचो हो भने नेपालको परराष्ट्र नीति अनुसार सरकारको निर्णय सच्याउन आग्रह गर्दछु ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न छन् । लगानीकर्तालाई कानूनको डर छ भने लगानी सुरक्षित छैन भन्ने आंतक छ । छोटो समयमा नै धेरै मुनाफा हुने व्यापार क्रिप्टोकरेन्सी बेरोजगारी युवा,भष्टाचारी ,जग्गा र हुण्डी कारोबारमा नेतादेखि कार्यकता समेतको आकर्षण बढ्न थालेको छ । बैंकमा पैसाको अभाव देखिनु शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको छ । क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएर नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’

त्यस्तै सांसद कलिला खातुनले गण्डकी प्रदेश सरकारले सबै प्रकारका सवारी साधनको कर अत्याधिक बढाएको भन्दै संघीय सरकारले नियन्त्रण गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ गण्डकी प्रदेशमा सवारी साधनहरुको कर बढाउने आंतक बढेको छ । सबै प्रकारका सवारी साधनको कर वृद्धि भएको छ । संघीय सरकारले प्रदेश सरकारले सवारी साधनमा बढाएको कर रोक्न अग्रह गर्दछु ।’

त्यस्तै सांसद कृष्णप्रसाद दाहालले काठमाडौमा सप्लाई सहज बनाउन कान्तिपथ राजमार्गको मर्मत तत्काल गरी सवारी गुड्न योग्य बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले विगत लामो समय देखि काठमाडौंको सप्लाई सहज बनाउने बैकल्पिक रार्ग बनाउने योजना अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौंको सप्लाईलाई सहज बनाउन कान्तिपथ राजपथ वैकल्पिक राजमार्गको विकास गर्न सरकारले बजेट विनियोजन गरेर धेरै अगाडि ठेक्का लगाएको थियो । आज त्यो पूरा भएको छैन । तर ललितपुर मकवानपुरको बीचमा रहेको बागमती नदिले पुलको मुखैमा गाडी चल्न नसक्ने गरी दुई तीन महिना भयो । त्यो बाटो मर्मत गरेर सवारी गुड्नसक्ने बनाउन सरकारको ध्यानाकर्षण गर्दछु ।’

त्यस्तै अर्का सांसद केदार सिग्देलले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुगेको भन्दै वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेको बताउनु भयो । उहाँले सत्तापक्ष भन्दा बाहिर हुँदा संसद नै हल्लाएर बोल्ने सांसदहरु समेत अहिले चुप बस्न थालेको आरोप लगाउनु भयो । उहाँले देउवा सरकारले एक वर्षमा निर्मलाको हत्याका विषयमा अपराधी खोज्न गरेका काम बाहिर ल्याउन आग्रह गर्नुभयो । सांसद सिग्देलले सरकारले तत्काल अपराधी पत्ता लगाएर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुग्यो । तत्कालिन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको अहिलेका सत्तापक्षका सांसदहरुले हलै थर्कने गरी बोलेको सुनिन्थ्यो । म सोध्न चाहन्छु । देउवा सरकारले यो एक वर्षसम्म त्यी अपराधी पत्तालगाउन केके काम ग¥यो । सिन्को भाँचेको छैन । गठबन्धन मौन बसेको छ । आज प्रतिपक्ष एमाले साथ दिन तयार छ । अपराधीहरुलाई पत्ता लगायएर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछु ।’

त्यस्तै सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढेवा सिफारिसमा परिवारबादको दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले अब अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्न आग्रह गर्नुभयो । अधिकारीले सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढेवा सिफारिसमा परिवारबादको दुर्गन्ध दङदङति गनाउन थाल्यो । ऐन बनाउन र विधि र पद्धतिको पालना गरौं । अति भो सरकार रोक्नुप¥यो । मँहगी अचाक्ली भयो । सर्वसाधरणलाई गास बाँस कपासको व्यवस्था धान्न समस्या परो । जे गरे पनि हुने हो ? जनताको जीवनमाथि खेलभाड गर्न पाइदैन बन्द गरियोस् । एसपीपीमा सरकार सग्लन नहुने भनेर मन्त्रीपरिषद्ले निर्णय गरियो भनेर सुनियो । परराष्ट्र मन्त्रालयले अध्ययन गदै छ रे । यो काम बन्द गरौं ।’

त्यस्तै सांसद गंगा चौधरीले नागरिकता विद्येयक पास गर्ने सत्तापक्षका सबै सांसदहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको बताउनु भयो । उहाँले पत्ता पक्षका सांसदहरुलाई लेण्डुप दोर्जेको संज्ञा दिनुभयो । चौधरीले भारतमा इन्दिरा गान्धीले सिकिम भारतसँग विलय नहुँदा समेत लेण्डुप दोर्जेलाई रातो कार्पेटमा स्वागत गर्ने गरेको भन्दै अहिले नेपालका नेतालाई डिल्लीले रातो कार्पेटमा स्वागत गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मेरो दृष्टिभ्रम हो वा सबैले यस्तै झझल्को देखिराखेका छन् । सभामुख बस्ने आसनको दाँया पट्टि बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ । न पत्याए नागरिकता विद्येयकको संशोधनमा हेरे हुन्छ । लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले रातो कार्पेट ओछ्याएर डिल्लीमा स्वागत गर्ने गर्थिइन । जब सिकिम भारतसँग विलय भएको थिएन । यसै गरी आजभोली नेपाली नेताहरुलाई पनि दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । उहाँहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिएको छ । आज ठिक चार वर्ष भयो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष भयो । संसदमा चर्को आवाजले मैले खोज्दैछु । निर्मला पन्तले वर्तमान सरकारबाट न्याय पाएकै हुन । हत्यारा पत्ता लागेकै हो । हत्यारा पत्ता लगेको भए कुन कारागारमा राखिएको छ ? गृहमन्त्री ज्युसँग जवाफ माग्न चाहन्छु ।’

सांसद चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसको भन्दै सरकारले हत्यारा पतालगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग गर्नुभयो ।