२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको संशोधन स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निर्णयार्थ पेश गर्न खोज्दा गणपूरक सङ्ख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो । सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो ।

अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।