२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुहिने फोहरका लागि स्थान पहिचन गर्दै कामपा



अ+ अ-

काठमाडौँ । उपत्यकाको काठमाडौँ महानगरपालिकादेखि अन्य स्थानीय तहसम्मलाई अहिले फोहर व्यवस्थापन गर्न निकै कठिन परिरहेको छ । यस्तो समस्या पटक–पटक आइरहने जनाउँदै सम्बन्धित सबै स्थानीय तहले फोहर व्यवस्थापन उत्पादन भएको स्थानमा नै गर्नुपर्ने पहल थालेका छन् ।

कामपाले उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाको प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । यसका लागि कम्तीमा पनि ५० रोपनी जग्गा आवश्यक पर्छ । स्थान प्राप्त भएसँगै उपत्यकाको कुहिने फोहर यही नै व्वस्थापन हुने र नकुहिने फोहर मात्र बञ्चरेडाँडा लाने योजनामा कामपा छ ।

कामपाले पनि फोहरको थप व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसको छ ।